कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

खै ‘र्‍यापिड रेस्पोन्स टीम’ ?

अन्य मुलुकहरुले बिरामी र शंकास्पद व्यक्तिको पहिचान अस्पताल ओहोरदोहोर लगायतका कामका लागि यस्तो टिम बनाएका छन् । तर नेपालमा संक्रमितहरु देखिन थाल्दा पनि छुट्टै ‘र्‍यापीड रेस्पोन्स टिम’बनेको छैन ।
मातृका दाहाल

काठमाडौँ — कोभिड–१९ को सम्भावित संक्रमण फैलन नदिन दुई साताका लागि लकडाउन लम्बिएको छ । नागरिक घरमै ‘होम  क्वारेन्टाइन’ मा छन् । अत्यावश्यक बाहेकका सबै क्षेत्र ठप्प छन् । 

खै ‘र्‍यापिड रेस्पोन्स टीम’ ?

कोभिड–१९ को सम्भावित संक्रमण फैलन नदिन दुई साताका लागि लकडाउन लम्बिएको छ । नागरिक घरमै ‘होम क्वारेन्टाइन’ मा छन् । अत्यावश्यक बाहेकका सबै क्षेत्र ठप्प छन् ।

विदेशबाट आएका मानिसको खोजीमा सुरक्षाकर्मीलाई देशव्यापी रुपमा परिचालन गरिएको छ । अझ विदेशबाट आएर स्वास्थ्य जाँच नगराई घरमै बसेका व्यक्ति खोज्‍न प्रहरीले राहदानी विभागबाट समेत विवरण मगाइसकेको छ । तर, शंकास्पद व्यक्ति नियन्त्रण गरी अस्पताल पुर्‍याउन तथा त्यस्ता व्यक्तिको खोजीका लागि विशेषज्ञ चिकित्सक र सुरक्षाकर्मीसहितको ‘र्‍यापिड रेस्पोन्स टिम’अझै बनेको छैन ।


अन्य मुलुकमा व्यक्तिगत सुरक्षा सामग्रसहित यस्तो टिम परिचालन हुँदै आएको छ । कोरोना महामारी पछि अन्य देशमा शंकास्पद मानिसको खोजी, अस्पतालमा पुर्‍याउने, निको भएपछि घरमै लगेर छोडिदिने तथा लकडाउन, कर्फ्यु आदेश पालना लगायतमा यस्तो टिम खटिइदै आएको छ । भारतले सबै प्रदेश सरकारसँग समन्वय गरेर जिल्ला तह (डिस्ट्रिक मेजिस्ट्री) मार्फत् ‘चिकित्सक र सुरक्षाकर्मी सम्मिलित र्‍यापिड रेस्पोन्स टिम परिचालन गरेको छ ।


नेपालमा पनि शंकास्पद व्यक्ति र विरामीलाई खोज्‍न तथा उनीहरुलाई अस्पताल पुर्‍याउने व्यवस्था गर्न सरकारले स्थानीय प्रशासन मार्फत सुरक्षा निकाय र स्थानीय तहहरुलाई निर्देशन दिएको छ ।


तर, त्यसका लागि अपनाउने कुनैपनि सावधानीको पूर्व तयारी अहिलेसम्म गरिएको छैन । उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलको नेतृत्वमा रहेको उच्चस्तरीय कार्यदलले ‘पेसेन्ट रिसिभिङ टिम’ बनाउने निर्णय गरेपनि अहिलेसम्म त्यो कार्यान्वयनमा आएको छैन । जसका कारण विदेशबाट आएका व्यक्तिको खोजीमा गाउँगाउँ पसेका सुरक्षाकर्मी नै उच्च जोखिम मोल्न बाध्य छन् ।

गृह मन्त्रालयका प्रवक्ता केदारनाथ शर्माले चिकित्सक र सुरक्षाकर्मी सम्मिलित र्‍यापिड रेस्पोन्स टिम गठन भइनसकेको बताए । यद्यपी उच्चस्तरीय कार्यदलमा यस विषयमा छलफल भइरहेको हुनसक्ने उनले बताए ।


चीनले शंकास्पद व्यक्तिको खोजी गर्न सुरक्षाकर्मी र चिकित्सकसहितको ‘क्वीक रेस्पोन्स टिम’परिचालन गरेको थियो । भारतका सबै राज्यमा ‘र्‍यापिड रेस्पोन्स टिम’कोरोना संक्रमणका सम्भावित व्यक्तिको खोजिमा परिचालित छ । अमेरिका, बेलायत, इटाली, फ्रान्स, जर्मनलगायत देशमा पनि क्‍वीक रेस्पोन्स, र्‍यापिड रस्पोन्स, मेडिकल रेस्पोन्स, मार्सल लगायत नामबाट व्यक्तिगत सुरक्षा उपकरणसहित इमर्जेन्सी टिमलाई परिचालन गरिएको छ । विदेशबाट आएका ५ जना संक्रमित भएको पुष्टि हुँदासम्म सरकारले देशभर यस्तो संरचना गठन गरी खटाउन सकेको छैन ।


राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थान प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत अनिल पोखरेलले र्‍यापिड रेस्पोन्स टिम बन्‍ने क्रममा रहेको बताए । ‘प्राधिकरणले यसको तयारी गरिरहेको छ, छिट्टै कार्यान्वयनमा ल्याउछौं,’ उनले भने । चिकित्सक, सुरक्षाकर्मी, कर्मचारीलगायतलाई समावेश गरेर टिम बनाउनेबारे तयारी भइरहेको उनले बताए ।


केही दिन अघि मात्रै धनगढीमा एकै परिवारका सबै सदस्यलाई क्वारेन्टाइनमा राख्न निजी एम्बुलेन्सलाई लिन जान भनिएकोमा रोग सर्ने भन्दै जान मानेन । दुबईबाट आएका युवकमा कोरोनाको लक्षण देखिएपछि उनीसँगै परिवारमा रहेका अन्यलाई क्वारेन्टाइनमा राख्न एम्बुलेन्स पठाइएकोमा रोग सर्ने भन्दै लिन जान मानेको थिएन । ‘मेडिकल टोलीसहितको र्‍यापिड रेस्पोन्स टिम भइदिएको भए यो समस्या नै आउने थिएन,’एक प्रहरी अधिकृतले भने ।

प्रकाशित : चैत्र १७, २०७६ १४:००
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?