कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

शनिबार १९ वटा आन्तरिक उद्धार उडान

सुरज कुँवर

काठमाडौँ — काठमाडौंबाट शनिबार दिनभर पोखरा, लुक्ला, ताप्लेजुङ र नेपालगन्जका लागि १९ वटा उद्धार उडान भएका छन् । 

शनिबार १९ वटा आन्तरिक उद्धार उडान

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक टर्मिनल प्रमुख मुराहरिप्रसाद पौडेलका अनुसार लकडाउनका कारण अलपत्र परेका विदेशीलाई काठमाडौं ल्याउन एउटा हेलिकप्टर चार्टरसहित १९ वटा उडान भएका हुन् ।

सगरमाथा क्षेत्रमा पदयात्रामा गएका पर्यटकलाई लुक्लाबाट नेपाल वायुसेवा निगमको जहाजले ५ वटा उडान गरेको थियो भने ताराले ४ वटा उडान गरेको थियो । त्यस्तै सिता एयरले शनिबार तीनवटा उडान गरेको पौडेलले बताए । उनका अनुसार, सीताले एउटा लुक्ला, अर्को ताप्लेजुङ उडान गरेको थियो भने नेपालगन्जबाट एउटा काठमाडौंका लागि उडान भएको थियो ।


त्यस्तै समीट एयरले पनि लुक्लामा एउटा उडान गरेको थियो । त्यसैगरी श्री एयरलायन्सले पोखराबाट दुईवटा र यति एयरलायन्सले एउटा उडान गरेका थिए । हेलितकप्टरर्फ कैलाश एयरले पनि लुक्लाबाट विदेशी उद्धार गरेको आन्तरिक टर्मिनलले जनाएको छ ।


उता नेपालगन्जमा कोरोनाको आशंका गरिएका बिरामीको नुमना लिन गएको विमान धावनमार्ग बाहिर दुर्घटनामा परेपछि निगमले अर्को विमान नेपालगन्ज पठाएको थियो ।

नमुना लिन गएको नेपाल एयरलाइन्सको जहाज धावनमार्गमा 'क्र्यास-ल्यान्ड', सबै सुरक्षित [अपडेट]

उक्त विमानले नुमनासहित दुर्घटनामा परेका चालकदलका तीन सदस्य र दुई जना चिकित्सकलाई फिर्ता लिएर शनिबार साँझ काठमाडौं फर्किएको नेपालगन्ज विमानस्थल प्रमुख प्रेमनाथ ठाकुरले बताए । निगमका प्राविधिकहरुले विमा कम्पनीका प्रतिनिधिलाई दुर्घटनामा परेको जहाजको निरीक्षण गराएर मात्रै धावनमार्गबाट झिक्ने जानकारी गराएको ठाकुरले बताए ।


यी सहित शनिबार काठमाडौंबाट राजधानी बाहिर चारवटा स्थानमा उद्धार उडान भए ।बिहान ८ बजेदेखी सुरु भएको पर्यटक उद्धार उडान बेलुकी ५ बजेसम्म संचालन भएको थियो ।


यसैबीच तारा एअरले विज्ञप्ति जारी गर्दै लकडाउनका कारण पोखराबाट २२ जना र लुक्लाबाट ५३ जना गरी जम्मा ७५ जना पर्यटकहरुको उद्दार गरेको जनाएको छ ।

१५ जना अमेरिकन नागरिकलाई लुक्लाबाट उद्दार गर्न तारा एअरको विमान तयारी अवस्थामा रहेको तर मौषमका कारण लुक्ला विमानस्थल बन्द भएकाले उडान स्थगन भएको उस्ले जनाएको छ ।

प्रकाशित : चैत्र १५, २०७६ २२:०२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?