कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

तीन साता लकडाउनको विकल्प छैन : जनस्वास्थ्यविद्

घरभित्रै रहे सबै सुरक्षित 
अतुल मिश्र

काठमाडौँ — जनस्वास्थ्य विशेषज्ञहरूले मुलुकमा ३ सातासम्म निरन्तर लकडाउन गर्नुको विकल्प नरहेको बताएका छन्।
सरकारले गत मंगलबारदेखि एक साताका लागि गरेकाे लकडाउन सोमबार राति १२ बजेदेखि समाप्त हुँदैछ।

तीन साता लकडाउनको विकल्प छैन : जनस्वास्थ्यविद्

'हामीलाई भारतसँग तारतम्य(टयुनिड्ग) मिलाउनु पर्छ, २ साता लकडाउन थप्नु पर्छ', इपिडिमियोलजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक एव भाइरोलजिष्ट डा. बासुदेव पाण्डे भन्छन्- 'लकडाउनमा बाहिर नगइ घरमै व्यायाम गर्दै बस्नु पर्यो।'

उनका अनुसार ३ सातासम्म लकडाउन गरेपछि भारतसँगको सीमा बन्द गरे पनि हुन्छ। तर लकडाउनको स्थितिमा समाज, समुदायमा कोभिड-१९ को स्थितिबारे सुक्ष्म अनुगमन समेत आवश्यक रहेको उनले बताए । यसले विदेशबाट आएका हरूबाट समाजमा संक्रम को विस्तार भए-नभएको बारे थाहा हुने पनि उनले उल्लेख गरे।

लकडाउनकाे अवधिमा बिहान बेलुका सडकमा हिँडिरहेकाहरुले पनि एकापसमा कम्तीमा १ मिटरको दूरी कायम नगरेको समेत विज्ञहरू औंल्याउछन्।

लकडाउनको अवधि बढाउने सरकारको तयारी

शुक्रराज ट्रोपिकल तथा सरूवा रोग अस्पताल, टेकु का निर्देशक डा. सागरकुमार राजभण्डारीका अनुसार आम नेपालीमा लकडाउनको महत्व बढीभन्दा बढी बुझाउनुपर्ने आवश्यकतासमेत देखिएको छ ।'

विश्व स्वास्थ्य संगठन(डब्लूएचओ)ले लकडाउनसँगै सामाजिक/व्यक्तिगत दूरी कायम राख्नु अत्यन्त महत्वपूर्ण रहेको बताउँदै आएको छ। नियमित साबुनपानीले हात धुनु र अन्य व्यक्तिसँग एकदेखि दुई मिटरसम्मको सामाजिक/व्यक्तिगत दूरी भाइरसविरूद्धको युद्धमा प्रभावकारी हतियारको रूपमा देखिएको छ।

'कुनै अत्यावश्यक बाध्यकारी स्थितिमा घर बाहिर निस्कनै पर्ने भए अन्य व्यक्तिसँग एक-देखि दुई मिटरको दूरी कायम गर्नेप्रति समेत आम नेपाली सम्मेवदनशील देखिएका छैनन्', इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका पूर्व निर्देशक डा. जीडी ठाकुर भन्छन्- 'लकडाउनमा बाहिर ननिस्की घरमै रहनु आफूसँगै परिवार, समाज र मुलु लाई सम्भावित सक्रमणबाट जोगाउने उत्तम र सुरक्षित उपाय हो।'

यसैबीच सरकारले पनि एक साताका लागि लगाएको लकडाउनको अवधि बढाउनेगरी आवश्यक तयारी थालेको छ । हवाई र स्थलमार्ग हुँदै नेपाल छिरेका मानिसको अन्तिम स्वास्थ्य जाँच रिपोर्ट नआएसम्म लकडाउन यथावत राख्ने गरी तयारी थाल्न गृह मन्त्रालयले ७७ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुलाई निर्देशन दिइसकेको छ ।

प्रकाशित : चैत्र १५, २०७६ १४:००
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?