कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

कोभिड–१९ विरुद्धको लडाईं जित्‍ने हो भने घरमै बस्‍नुस् : अध्यक्ष दाहाल 

काठमाडौँ — नेकपाका अध्यक्ष पुष्पकमल दाहालले कोभिड–१९ को संक्रमणका बेला अग्रपंक्तिमा रहेका सुरक्षाकर्मी र स्वास्थ्यकर्मीलाई आवश्यक स्वास्थ्य सामाग्रीको व्यवस्थामा राज्यले थप जोड दिनुपर्ने बताएका छन् ।

कोभिड–१९ विरुद्धको लडाईं जित्‍ने हो भने घरमै बस्‍नुस् : अध्यक्ष दाहाल 

शनिबार भिडियो सन्देश जारी गर्दै अध्यक्ष दाहालले विश्वमा महामारीको रुपमा फैलिएको कोभिड–१९ विरुद्धको लडाईको अग्रमोर्चामा रहेर जोखिम उठाउने स्वास्थ्यकर्मी र सुरक्षाकर्मीको मनोबल थप उच्च बनाउन ध्यानाकर्षण गराएका हुन् । साथै उनले सातै प्रदेशमा आवश्यक स्वास्थ्य उपकरणको व्यवस्था गर्न पनि आग्रह गरेका छन् ।


भिडियो सन्देशमा अध्यक्ष दाहालले दैनिक ज्याला गरेर जीविकोपार्जन गर्ने निम्‍न वर्गीय नागरिकका लागि आश्यक आर्थिक प्याकेज ल्याउन पनि सरकारसंग माग गरेका छन् ।


यस्तै, उनले संकटको घडीमा निजी क्षेत्रका व्यवसायीलाई मुठ्ठी फुकाउन आग्रह पनि गरेका छन् । ‘दैनिक ज्याला गरेर जीविकोपार्जन गर्नुपर्ने निम्न वर्गीय श्रमजिवी जनताको खाद्यान्न लगायतको व्यवस्थपनमा आवश्क खाद्यान्न लगायतको व्यवस्थापनमा आवश्यक राहत र विशेष प्याकेज निमार्णमा सरकारको ध्यान जाने नै छ,’ अध्यक्ष दाहालले भनेका छन्,‘संकटको यो घडीमा गरिब र असहायकहरुके सहयोगमा मुठि फुकाउन पनि निजी क्षेत्रका व्यवसायीसँग आग्रह गर्दछु ।’


उनले कोभिड–१९ संक्रमणका विरुद्ध विजय प्राप्त गर्न सरकार र विश्व स्वास्थ्य संगठनले जारी गरेको निर्देशन पालना गरेर घरमा बस्न पनि गरेका छन् ।

प्रकाशित : चैत्र १५, २०७६ १३:३१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?