कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

यात्रु लिएर फर्कियो कतार एयरवेजको विमान

सुरज कुँवर

काठमाडौँ — आज बिहानै कतारको दोहाबाट आएको कतार एयरवेजको चार्टर विमान ३ सय ४ जना यात्रु लिएर फर्किएको छ ।

यात्रु लिएर फर्कियो कतार एयरवेजको विमान

तीजना भने तीन वर्षभन्दा मुनिका बच्चा छन् । क्युआर ७४८२ को उडानमा दोहा जानेहरुमा सयजना भन्दा बढी जर्मनीका नागरिकहरु छन् ।


अरु अन्य युरोपेली देशका नागरिक भएको त्रिभुवन विमानस्थल स्रोतले बतायो । कतारको यस्तै उडान भोलि पनि हुने विमानस्थल स्रोतले जनायो । नेपालले अन्तर्राष्ट्रीय उडानहरु बन्द गरेपनि आफ्ना देशका नागरिक लिन खाली आउने चार्टर फ्लाइटहरुलाई आउन दिएको छ ।


यस्तै, लकडाउनले गर्दा लुक्लामा अलपत्र परेका युरोपियनलाई काठमाडाौं ल्याउन तारा एयरले एउटा र सिम्रिक एयरका हेलिकप्टरले शुक्रबार दुइटा उद्दार उडान गरेका छन् ।


प्रकाशित : चैत्र १४, २०७६ १३:५६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?