संकलित ‘स्वाब’ लिन वायुसेवाको विमान नेपालगन्ज जाँदै
काठमाडौँ — भारतका विभिन्न नाकाहरुबाट पश्चिम नेपालका गाउँ–शहरमा आइपुगेका र कोरोना संक्रमणको आशंका रहेका सर्वसाधारणको स्वाब(खकार/थुक) संकलन गरी नेपालगन्जबाट काठमाडौं परीक्षणमा ल्याइने भएको छ ।
संस्कृति, पर्यटन तथा नागरिक उड्यन मन्त्रालयले बिहीबार गरेको निर्णयमा ‘नेपालको विभिन्न भूभागमा कोभिड–१९ को संक्रमण भएको शंका लागेका व्यक्तिहरुबाट संकलित गरिएको स्वाब परीक्षणका लागि काठमाडौं ल्याउनुपर्ने भएकाले’ नेपाल वायुसेवाको जहाज नेपालगन्ज पठाउन आवश्यक व्यवस्था गर्न अनुरोध गरिएको छ ।
उड्डयन प्राधिकरणसँगको परामर्श र उडान अनुमतीपछि यसै साता जहाज नेपालगन्ज पठाइने भएको मन्त्रालयका एक अधिकारीले बताए ।
प्रकाशित : चैत्र १३, २०७६ २०:२७प्रतिक्रिया