१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५९६

लम्साल, क्षेत्री र पाल एआईजीमा बढुवा

लम्साललाई एकेडेमी, क्षेत्रीलाई प्रशासन र पाललाई कार्य तथा अपराध अनुसन्धान विभागमा पदस्थापना

काठमाडौँ — नेपाल प्रहरीका ३ डीआईजीलाई एआईजीमा बढुवा गरिएको छ । आइतबार बसेको मन्त्रिपरिषद् बैठकले डीआईजीहरु तारिणीप्रसाद लम्साल,शैलेश थापा क्षेत्री र हरिबहादुर पाललाई एआईजीमा बढुवा गरेको हो ।

लम्साल, क्षेत्री र पाल एआईजीमा बढुवा

बढुवा गरिएका मध्ये लम्सालालई प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगन्ज, क्षेत्रीलाई प्रशासन तथा मानव स्रोत विभाग र पाललाई कार्य तथा अपराध अनुसन्धान विभागमा पदस्थापना गरिएको छ ।


तीनै जनालाई बुधबार प्रहरी महानिरीक्षक ठाकुरप्रसाद ज्ञवालीले दर्ज्यानी चिन्ह लगाइदिने कार्यक्रम तय भएको छ । २०४७ साल असार २४ गते सेवा प्रवेश गरेका लम्साल तीन महिनापछि ३० वर्षे सेवा अवधिका कारण अवकाश पाउने छन् ।


क्षेत्री र पाल अझै साढे २ वर्ष सेवामा रहने छन् । प्रहरी महानिरीक्षक ज्ञवालीले असारमा अवकाश पाएपछि रिक्त स्थानमा क्षेत्री र पालमध्ये एक जना आईजिपी हुनेछन् ।

प्रकाशित : चैत्र ११, २०७६ २०:१६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनको अभियोग लागेकी राप्रपा सांसद गीता बस्नेतलाई अदालतले पक्राउ पुर्जी जारी गर्दा पनि प्रहरीले पक्राउ गर्न किन आलटाल गरेको होला ?