कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

क्‍वारेन्टाइन व्यवस्थापन मापदण्ड, २०७६ स्वीकृत

रासस

काठमाडौँ — कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रणसम्बन्धी उपप्रधानमन्त्री तथा रक्षामन्त्रीको संयोजकत्वमा गठित उच्चस्तरीय समन्वय समितिले क्‍वारेन्टाइन व्यवस्थापन मापदण्ड, २०७६ स्वीकृत गरेको छ । 

क्‍वारेन्टाइन व्यवस्थापन मापदण्ड, २०७६ स्वीकृत

समितिको सोमबार बसेको बैठकले कोरोना भाइरससँग सम्बन्धित क्‍वारेन्टाइनमा राखिने व्यक्ति, पालना गर्नुपर्ने विधि, हुनुपर्ने पूर्वाधार, त्यहाँ सेवारत रहनुपर्ने चिकित्सक र गर्नुपर्ने सबै सुरक्षित उपाय अपनाउने गरी काम गर्न उक्त मापदण्ड स्वीकृत गरेको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. युवराज खतिवडाले जानकारी दिए ।


स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नेतृत्वमा बलम्बुस्थित सशस्त्र प्रहरी नेपालको ‘डेडिकेटेड आइसोलेटेड’ अस्पताललाई कोभिड–१९ को रोकथाम नियन्त्रणको उपचारसम्बन्धी कार्य नेपाली सेनाका चिकित्सकको समन्वयमा नेपाल प्रहरी, सशस्त्र प्रहरी र आवश्यकताअनुसार सरकारी, सामुदायिक र निजी क्षेत्रका चिकित्सक, नर्स र स्वास्थ्यकर्मी परिचालन गरी तत्काल सुरु गर्ने निर्णय गरिएको छ ।


त्यसका लागि रक्षा, गृह, परराष्ट्र र अर्थ मन्त्रालयले आवश्यक समन्वय गर्ने निर्णय भएको उनले जानकारी दिए । विदेशबाट हवाई मार्गमार्फत् आएका व्यक्तिलाई क्‍वारेन्टाइनमा राखिएको र कसैले त्यसलाई उल्लंघन गरे कानूनी दायरामा ल्याउन सम्बन्धित निकायलाई आदेश भइसकेको पनि उनले बताए ।

प्रकाशित : चैत्र १०, २०७६ २१:२२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?