कोभिड-१९ रोकथाम तथा नियन्त्रण समितिको बैठक जारी
काठमाडौँ — कोभिड-१९ रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बैठक सिंहदरबारमा जारी छ । समिति संयोजक रहेका उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलको अध्यक्षतामा जारी बैठकमा कोरोना भाइरसको जोखिम र पूर्वतयारीका विषयमा छलफल भइरहेको छ ।
यसअघि प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधनका क्रममा घोषणा गरेका कुराहरु कार्यान्वयनका सम्बन्धमा पनि बैठकमा छलफल हुने बताइएको छ । प्रधानमन्त्री ओलीले राष्ट्रका नाममा सम्बोधन गर्दै आइतबारबाट २१ गतेसम्म अत्यावश्यक बाहेकका सेवाहरु बन्द हुने, सोमबारबाट लामो दूरीका यातायातका साधनहरु बन्द र १८ गतेसम्म अन्तर्राष्ट्रिय हवाई उडान बन्द गर्ने बताएका थिए ।
प्रकाशित : चैत्र ८, २०७६ १९:४७प्रतिक्रिया