कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

कोरोना रोकथामबारे कूटनीतिक समुदायलाई ब्रिफिङ

काठमाडौँ — कोरोना भाइरस रोकथामलाई लिएर नेपाल सरकारले गरेका निर्णयहरूसहित क्रियाकलापबारे सोमबार कूटनीतिक समुदायलाई ब्रिफिङ गरिएको छ ।

कोरोना रोकथामबारे कूटनीतिक समुदायलाई ब्रिफिङ

परराष्ट्र सचिव शंकरदास बैरागीले सिंहदरबारस्थित परराष्ट्र मन्त्रालयमा काठमाडौंस्थित कूटनीतिक नियोगका प्रमुखहरु, संयुक्त राष्ट्रसंघ र अन्य अन्तर्राष्ट्रिय संघ–संगठनका प्रमुखहरु तथा उनीहरुका प्रतिनिधिहरुलाई बोलाएर ब्रिफिङ गरिएको हो ।


मन्त्रालयका प्रवक्ता भरतराज पौड्यालका अनुसार सचिव बैरागीले कोरोना भाइरसको रोकथामको सन्दर्भमा नेपाल सरकारले चालेको कदमको बारेमा जानकारी दिएका थिए ।


ब्रिफिङमा नेपाल सरकारले मार्च २४ देखि अप्रिल ३० सम्म अन–अराइभल पर्यटक भिसामा लगाइएको प्रतिबन्धको बारेमा जानकारी दिइएको थियो । बैठकमा अध्यागमन विभागका महानिर्देशकसहित स्वास्थ्य मन्त्रालय र पर्यटन मन्त्रालयका प्रतिनिधिहरुको पनि उपस्थिती थियो ।


स्वास्थ्य मन्त्रालयका प्रतिनिधिले विभिन्न समयमा आफूले निकालेको एड्भाइजरीको बारेमा जानकारी दिएको थियो भने पर्यटन मन्त्रालयका प्रतिनिधिले हवाई सेवाका सम्बन्धमा जानकारी दिएका थिए ।

प्रकाशित : चैत्र ३, २०७६ १८:५४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?