कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

प्रधानमन्त्री ओलीकी मिर्गौलादाता समीक्षा डिस्चार्ज

स्वरूप आचार्य

काठमाडौँ — प्रधानमन्त्री केपी शर्मा ओलीकी मिर्गौलादाता समीक्षा संग्रौला बुधबार अस्पतालबाट डिस्चार्ज भएकी छन् । अस्पतालबाट डिस्चार्ज हुनुअघि बुधबारै दिउसो ३ बजे उनले ‘लिभर आईसीयू’ मा गएर ओलीलाई भेटेकी थिइन् ।

प्रधानमन्त्री ओलीकी मिर्गौलादाता समीक्षा डिस्चार्ज

समीक्षाको स्वास्थ्य अवस्थामा उल्लेख्य सुधार आएपछि अस्पतालले उनलाई डिस्चार्ज गरेको हो ।


भेटमा समीक्षाले प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्थाबारे जिज्ञासा राखेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले बताए । जवाफमा प्रधानमन्त्री ओलीले आफ्‍नो स्वास्थ्य अवस्थामा सुधार भइरहेको बताएका थिए ।


फागुन २१ गते त्रिवि शिक्षण अस्पतालमा प्रधानमन्त्री ओलीको मिर्गौला प्रत्यारोपण गरिएको थियो । उनी अस्पतालबाट स्वास्थ्य लाभ गरी डिस्चार्ज भएको प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार विष्णु रिमालले ट्‍विटमार्फत् जानकारी दिएका छन् ।

प्रकाशित : फाल्गुन २८, २०७६ १६:४४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?