कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सिद्धार्थ राजमार्ग दैनिक ८ घण्टा बन्द हुने 

माधव अर्याल

पाल्पा — घुम्ती कटान गरेर सडक स्तरोन्‍नति गर्न सिद्धार्थ राजमार्ग दैनिक आठ घण्टा बन्द गरिने भएको छ । चैत १ गतेदेखि १२ गतेसम्म दैनिक सडक बन्द गरेर घुम्ती कटान गर्न लागेको हो । तानसेन–बुटवल सडकखण्डको घुम्ती कटान गरिन लागेको डिभिजन सडक कार्यालयले जनाएको छ ।

सिद्धार्थ राजमार्ग दैनिक ८ घण्टा बन्द हुने 

घुम्तीका कारण अत्यधिक दुघर्टना भएपछि सडक डिभिजनले घुम्ती काट्ने कामलाई अघि बढाएको हो । राजमार्ग पुनःस्थापना तथा स्तरोन्नति कार्यक्रमअन्तर्गत घुम्ती काट्‍न लागिएको हो । जोखिमपूर्ण घुम्ती व्यवस्थापन गर्नका लागि समय तोकेर सडक बन्द गर्न लागिएको कार्यालयले जनाएको छ ।


निर्माण व्यवसायीको अनुरोधमा जिल्ला प्रशासन कार्यालयमा भएको सरोकारवालाहरुको बैठकले घुम्ती बढाउने काम सहज बनाउन सडक बन्द गरेर काम गर्न लागेको हो । यात्रुलाई समस्या नपर्ने गरी काम गर्ने र सडक खुल्ने समय तोकेको डिभिजन सडक कार्यालयका प्रमुख मुकुन्दराज अधिकारीले जानकारी दिए । सडक सुधारको कामका बेला आम सर्वसाधारणलाई असहज नहोस् भनी तालिकाअनुसार सूचना सार्वजनिक गरि निर्माण कार्य गर्न लागिएको उनले बताए ।


बिहान ७ देखि ९ बजेसम्म, दिउँसो १२ देखि ३ बजेसम्म र राति ८ बजेदेखि ११ बजेसम्म सडक बन्द हुनेछ । तोकिएको समय बाहेक अन्य समयमा भने सवारी साधन यथावत रुपमा चल्न दिने जिल्ला ट्राफिक प्रहरी प्रमुख पृथ्वी काफ्लेले बताए । उनका अनुसार यसअघि कालीमाटीको घुम्ती कटान गर्दा सर्वसाधारण यात्रुको गुनासो आएकाले अहिले समय तोकेर नै सडक स्तरोन्नति गर्न लागेको प्रमुख जिल्ला अधिकारी यादव सुवेदीले बताए ।

प्रकाशित : फाल्गुन २८, २०७६ १२:३५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?