कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

मुख्यमन्त्री राउत भए महामूर्ख  

श्यामसुन्दर शशि

जनकपुर — मिथिला नाट्यकला परिषद् ( मिनाप)ले सोमबार आयोजना गरेको महामूर्ख सम्मेलनमा प्रदेश २ का मुख्यमन्त्री लालबाबू राउत महामूर्ख घोषित भएका छन् । मिनाप अध्यक्ष परमेश झा, पूर्व राष्ट्रिय सभा सदस्य वृषेशचन्द्र लाल, जानकी मन्दिरका छोटे महन्त रामरोशन दास वैष्णवलगायतले उनलाई तरकारीको माला, कागजबाट निर्माण गरिएको कलात्मक टोपी तथा प्रशस्तीपत्र प्रदान गरेर महामूर्ख घोषणा गरेका थिए ।

मुख्यमन्त्री राउत भए महामूर्ख  

यसैगरी प्रदेश २ संसदीय दलका प्रमुख सचेतक परमेश्वर साहलाई भभकौवा, संघीय समाजवादी पार्टीका प्रदेश २ को उपनेता रामाशीष यादवलाई हराशंख, प्रदेश सभा सदस्य मनिष सुमनलाई पट्टमूर्ख, प्रदेश सभा सदस्य रामचन्द्र मण्डललाई सिलौटशंकर,जनकपुरधाम उपमहानगरपालिकाकी उपमेयर रीताकुमारी मिश्रलाई टुनमुसरी, बृहत्तर जनकपुर क्षेत्र विकास परिषद्का कार्यकारी निर्देशक बलराम ठाकुरलाई खेसारीलाल,महोतरी पिपरा गाउँपालिकाका प्रमुख विक्रम चौधरीलाई खापसूरत,साहित्यकार रोशन जनकपुरीलाई बलगोवना,कवियित्री पुनम झा मैथिललाई अदलबदली, शंकटमोचन देवशरण रामरति उच्च माविका प्रधानाध्यापक बलराम साहलाई बज्रकीट, मैथिली विकास कोषका अध्यक्ष जीवनाथ चौधरीलाई घरघूसना, नेपाल पत्रकार महासंघ धनुषाका अध्यक्ष अनिल मिश्रलाई लोढाशंकर तथा युवा अभियन्ता सुशील कर्णलाई वंश कुरहरिको उपाधि प्रदान गरिएको थियो ।


विभिन्‍न उपाधिबाट विभूषित विशिष्ट व्यक्तिहरु । तस्बिरः श्यामसुन्दर शशि,कान्तिपुर


उपाधिप्राप्त गर्नेहरुलाई मुला,कांक्रा,काउली,सिमी,बोडीलगायतका तरकारीहरुको कलात्मक माला, प्रशस्तीपत्र तथा मिथिलाका विभूतिहरुको कलात्मक तस्बिर प्रदान गरिएको थियो ।


महामूर्खको उपाधि प्राप्त गरेपछिको आफ्नो पहिलो प्रतिक्रियामा मुख्यमन्त्री लालबाबु राउतले महामूर्खको उपाधि प्राप्त गर्नुलाई ‘जीवनको अविस्मरणीय क्षण’ को संज्ञा दिए । ‘आफ्नो जीवनमा अनेकौं पुरस्कार र सम्मान प्राप्त गरेको छु तर महामूर्खको उपाधि मेरो जीवनको अविस्मरणीय घटना हो । मिथिला संस्कृतिलाई श्रेष्ठ भन्नु पछाडिको कारण यसको उत्कृष्टता हो,’ उनले भने ।


फागुको नाममा सामाजिक विकृति बढिरहेको बेला मिनापले सञ्‌चालन गरेको सांस्कृतिक महोत्सव समाजमा सकारात्मक सन्देश दिएको उनको कथन थियो ।

प्रकाशित : फाल्गुन २६, २०७६ १९:१२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?