कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

प्रधानमन्त्री हिँड्‍डुल गर्न थाले : अस्पताल

कान्तिपुर संवाददाता

काठमाडौँ — प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा सन्तोषजनक रूपमा सुधार भइरहेको त्रिवि शिक्षण अस्पतालले जनाएको छ ।

प्रधानमन्त्री हिँड्‍डुल गर्न थाले : अस्पताल

गत बुधबार मिर्गौला प्रत्यारोपण गराएका प्रधानमन्त्री ओलीले शनिबारबाट हिँड्‌डुल गर्न र सामान्य खाना(दालभात) खान थालेको त्रिवि शिक्षण अस्पतालका कार्यकारी निर्देशक प्रा.डा. प्रेमकृष्ण खड्‍गाले जानकारी दिए ।

खड्‌गाका अनुसार प्रधानमन्त्री ओलीलाई फिजियोथेरापी दिने कामलाई पनि निरन्तरता दिइएको छ ।

प्रधानमन्त्रीको स्वास्थ्यबारे गरिएका महत्त्वपूर्ण परीक्षणको रिपोर्ट सामान्य रहेको अस्पतालले जनाएको छ ।

प्रधानमन्त्रीलाई मिर्गौला दिने समीक्षा संग्रौलाको स्वास्थ्य अवस्था पनि सामान्य रहेको अस्पतालले जनाएको छ । उनले पनि सामान्य खाना खान र हिँड्‍डुल गर्न थालेको खड्‍गाले जानकारी दिए ।

प्रकाशित : फाल्गुन २४, २०७६ १६:५९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?