१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २१४

लोकतान्त्रिक फोरमका ११ नेता कांग्रेस केन्द्रीय सदस्य मनोनीत

मधुसुधन भट्टराई

काठमाडौँ — नेपाली कांग्रेसमा ११ जना केन्द्रीय सदस्य थपिएका छन् । सभापति शेरबहादुर देउवाले तत्कालीन नेपाल लोकतान्त्रिक फोरमका सांगठनिक संरचना समायोजन गर्नका लागि गरिएको सहमति अनुसार ११ जनालाई केन्द्रीय सदस्यमा मनोनयन गरेका कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पाैडेलले विज्ञप्ति जारी गरेर जानकारी दिएका छन् ।

लोकतान्त्रिक फोरमका ११ नेता कांग्रेस केन्द्रीय सदस्य मनोनीत

तत्कालीन फोरम अध्यक्ष तथा वर्तमान कांग्रेस उपसभापति विजयकुमार गच्छदारको सिफारिसमा पार्टी विधान २०१७ (संशोधन सहित) को धारा ४ (१०) (ग) बमोजिम ११ केन्द्रीय सदस्य थपिएका हुन् ।

केन्द्रीय सदस्य थपिएकामा रामजनम चौधरी (कैलाली), नसिर सिद्धिकी (सिराहा), भारतेन्दुकुमार मल्लिक (झापा), हेमराज तातेड (सप्तरी), गोपाल दहित (बर्दिया), मंगलप्रसाद थारु (बर्दिया) छन् । त्यस्तै योगेन्द्र चौधरी (दाङ), हरिप्रसाद न्यौपाने (मोरङ), सुमित्रा थरुनी (सुनसरी), कल्पना चौधरी (सुनसरी) र पवनकुमार सारडा (मोरङ) छन् ।

यीमध्ये लोकतान्त्रिक फोरममा रामजनम, गोपाल, नसिर र हरिप्रसाद उपाध्यक्ष थिए । त्यस्तै योगेन्द्र, र भारदेन्दुकुमार महामन्त्री थिए । बाँकी सबै केन्द्रीय सदस्य थिए ।

याे सँगै कांग्रेस केन्द्रीय कार्यसमिति ९७ सदस्यीय भएको छ । यसअघि देउवाले सोमबार जंगीलाल राय (सर्लाही) र कर्णबहादुर बुढा (डोल्पा) लाई केन्द्रीय सदस्यमा मनाेनीत गरेका थिए ।

प्रकाशित : फाल्गुन २३, २०७६ १७:३१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

उपेन्द्र यादव नेतृत्वको पार्टीमा फेरि विभाजन आउनुको मुख्य कारण के होला ?