कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

यस्ता थिए प्रधानमन्त्री अस्पताल जानु पहिले बसेको मन्त्रिपरिषद बैठकका निर्णय

कान्तिपुर संवाददाता

काठमाडौँ — प्रधानमन्त्री केपी शर्मा ओलीको बुधबार मिर्गौला प्रत्यारोपण भयो । उनी त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा उपचाररत छन् । उनी सोमबार मिर्गौला प्रत्यारोपण गर्नका लागि अस्पताल भर्ना भएका थिए ।

यस्ता थिए प्रधानमन्त्री अस्पताल जानु पहिले बसेको मन्त्रिपरिषद बैठकका निर्णय

प्रधानमन्त्री अस्पताल भर्ना हुनु पहिले आइतबार साँझ बालुवाटारमा मन्त्रिपरिषदको बैठक बसेको थियो । उक्त बैठकले चीनका लागि नेपाली राजदूतमा महेन्द्रबहादुर पाण्डेलाई पठाउने र भारतको कलकत्तास्थित नेपाली महावाणिज्यदूतमा ईश्वरराज पौडेललाई नियुक्त गर्ने निर्णय गरेको थियो ।

उक्त बैठकले चीनका लागि नेपाली राजदूत लिलामणि पौडेललाई १५ दिनभित्र स्वदेश फर्कन भन्दै फिर्ता बोलाएको थियो ।

सोही बैठकले नेपाल गुणस्तर साधारण पोर्टल्यान्ड सिमेन्ट, ४३ ग्रेड र ५३ ग्रेड विशिष्टिकरण अनिवार्य गर्ने सूचना जारी गर्ने निर्णय गरेको थियो ।

पढ्नुहोस्, मन्त्रिपरिषदका निर्णयको पूर्णपाठः

प्रकाशित : फाल्गुन २२, २०७६ १७:४८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?