कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

राष्ट्रिय सभाका निर्वाचित सांसदले लिए शपथ [नामावलीसहित]

कान्तिपुर संवाददाता

काठमाडौँ — संघीय संसद्‍को माथिल्लो सदन राष्ट्रिय सभाका १८ जना सांसदले पद तथा गोपनीयताको शपथ लिएका छन् । दुई वर्षे कार्यकाल पूरा गरेर १९ जना सांसद राष्ट्रिय सभाबाट बाहिरिएको एकदिनपछि बुधबार १८ जना सांसदले शपथ ग्रहण गरेका हुन् । आज शपथ लिएका सांसदको कार्यकाल ६ वर्षको हुनेछ ।

राष्ट्रिय सभाका निर्वाचित सांसदले लिए शपथ [नामावलीसहित]

माघ ९ गते निर्वाचित भएका १८ सांसदले शपथ लिएका हुन् । राष्ट्रपतिबाट मनोनीत हुने एक जनाको भने टुंगो लागेको छैन । राष्ट्रपतिबाट मनोनीत युवराज खतिवडाको दुई वर्षे कार्यकाल मंगलबार सकिएको थियो ।


राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले नवनिर्वाचित सांसदहरूलाई पद तथा गोपनीयताको शपथ खुवाएका हुन् । शपथ ग्रहणपछि अध्यक्ष तिमिल्सिनाले नयाँ सांसदहरूलाई सांसदको लोगो लगाइदिएका थिए । संघीय संसद सचिवालयले नयाँ सांसदहरूलाई संविधान र कानुनसहितको झोला दिएको थियो । १८ जना नयाँ सांसदमा सत्तारुढ नेकपाका १६ र राजपाका २ जना छन् ।


शपथ लिने सांसदहरु


  • शेखरकुमार सिह
  • मृगेन्द्रकुमार सिंह यादव
  • गंगाकुमारी बेल्बासे
  • वेदुराम भुसाल
  • इन्दिरादेवी गौतम
  • गोपीबहादुर सार्की अच्छामी
  • देवेन्द्र दाहाल
  • तुलसाकुमारी दाहाल
  • राधेश्याम पासवान
  • नारायणकाजी श्रेष्ठ
  • भगवती न्यौपाने
  • गोपाल भट्टराई
  • सुमित्रा विसी
  • मायाप्रसाद शर्मा
  • शारदादेवी भट्ट
  • तारामान स्वाँर
  • विमला घिमिरे
  • जगप्रसाद शर्मा


आज संसद प्रवेश गरेकामा ७ महिला, २ दलित, २ अपागंता भएका वा अल्पसंख्यक र ७ जना अन्य समूहबाट निर्वाचित भएका हुन् । नयाँ सांसदहरूको शपथ ग्रहण कार्यक्रममा राष्ट्रियसभाका उपाध्यक्ष शशीकला दाहाल, राष्ट्रियसभामा संसदीय दलका नेताहरू, मुख्य सचेतकहरू, सचेतकहरू, सांसदहरू, कार्यकाल सकिएर बाहिरिएका पूर्व सांसदलगायतको उपस्थिति थियो ।

कस-कसको सकिँदै छ राष्ट्रिय सभामा पदावधि ?

प्रकाशित : फाल्गुन २१, २०७६ ११:४०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?