कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

६ किलो सुनसहित एक भारतीय पक्राउ 

सुवास विडारी

मकवानपुर — जिल्ला प्रहरी कार्यालय मकवानपुरले ६  किलो २ सय ८९ ग्राम (५३९ तोला) सुनसहित एक भारतीय नागरिकलाई पक्राउ गरेको छ । बरामद सुनको मूल्य करिब ४ करोड २७ लाख रुपैयाँ छ ।

६ किलो सुनसहित एक भारतीय पक्राउ 

नियमित चेकजाँचका क्रममा प्रहरीले हेटौंडा–१५ स्थित रातोमाटेमा काठमाडौंबाट वीरगन्जतर्फ जाँदै गरेको बसमा सवार भारत कर्नाटक राज्यका ४२ वर्षीय अब्दुल मजिद अनेकलको साथबाट उक्त परिमाणको सुन बरामद गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका एसपी सुशिलसिं राठौरले जानकारी दिए ।


एसपी राठौरले बरामद सुनको बजार मूल्य करिब चार करोड २७ लाख ५८ हजार ७ सय ७४ रुपैयाँ रहेको बताए ।


अब्दुलले मोटर पार्टसभित्र जडान हुने फालामको ब्यरिङ, फलामको पास्ताको ब्यरिङ, फलामको मिटर ब्यरिङमा सुन लुकाएर ल्याएका थिए । प्रहरीले मंगलबार बिहान साढे ४ बजे उनलाई पक्राउ गरेको थियो ।

प्रकाशित : फाल्गुन २०, २०७६ १५:२९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?