कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

लाइसेन्स होल्ड गरेर काम नगर्नेलाई कारबाही : खतिवडा

कान्तिपुर संवाददाता

काठमाडौँ — अर्थमन्त्री एवं सञ्‍चारमन्त्री युवराज खतिवडाले दुरसञ्‍चार सेवाको लाइसेन्स होल्ड गरेर काम रोक्न नपाइने बताएका छन् । नेपाल दुरसञ्चार प्राधिकरणको २२ औं वार्षिकोत्सव कार्यक्रममा मंगलबार मन्त्री खतिवडाले लाइसेन्स होल्ड गर्नेमाथि निर्मम ढंगले कानुनी अधिकार प्रयोग गरी अगाडि बढ्न प्राधिकरणलाई निर्देशन दिए ।

लाइसेन्स होल्ड गरेर काम नगर्नेलाई कारबाही : खतिवडा

उनले सेवा प्रदान गर्छु भनेर लाइसेन्स (अनुमति पत्र) लिने र कारबाही गर्न खोज्दा अदालत जाने प्रवृत्ति राष्ट्रिय रोगको रुपमा देखा परेको बताए ।

‘सेवा प्रदान गर्छु भनेर लाइसेन्स लिने, सेवा प्रदान नगर्ने, काम छिटो छरितो सम्पन्न गर भन्दा अदालत गुहार्न जाने प्रवृत्ति अब अन्त्य हुनुपर्छ,’ खतिवडाले भने, ‘लाइसेन्स होल्ड गर्ने विषय त राष्ट्रिय रोग पो भएको रहेछ, यसको अब अन्त्य नगरी हुँदैन ।’


उनले दुरसञ्चारको फ्रिक्वेन्सी तोक लगाएर बाँडिने गरेको र कुनै बेला टेलिफोनको तोक लगाउन आफू मन्त्रीकोमा पुगेको स्मरण गर्दै त्यो युगको अन्त्य गर्नुपर्ने बताए । उनले राज्यलाई बेफाइदा हुने काम गरे नियामक निकायको भूमिकामा प्रश्‍न उठ्‍ने बताए । अबको सेवा भ्वाइसमा भन्दा डाटामा बढी हुनुपर्ने खतिवडाको भनाइ थियो ।


प्राधिकरणको व्यावसायिक काममा मन्त्रालयले हस्तक्षेप नगर्ने तर मन्त्रालयप्रति प्राधिकरण जवाफदेही हुनुपर्ने मन्‍त्री खतिवडाले बताए ।

प्रकाशित : फाल्गुन २०, २०७६ १३:५४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?