कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

जागृत हुँदै गरेका सपनालाई अलपत्र पारेर म अलप हुन्न : प्रधानमन्त्री [सन्देशको पूर्ण पाठसहित]

कान्तिपुर संवाददाता

काठमाडौँ — प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार साँझ अस्पताल भर्ना हुनु अघि भिडियो सन्देश जारी गरेका छन् । त्रिवि शिक्षण अस्पतालमा मिर्गौला प्रत्यारोपणका लागि सोमबार भर्ना भएका उनले भिडियोमार्फत सन्देश मार्फत आफ्नो शल्यक्रिया सफलता पूर्वक सम्पन्न हुनेमा आफू विश्वस्त रहेको बताएका छन् ।

जागृत हुँदै गरेका सपनालाई अलपत्र पारेर म अलप हुन्न : प्रधानमन्त्री [सन्देशको पूर्ण पाठसहित]

भिडियो सन्देशमा प्रधानमन्त्री ओलीले आफ्नो जीवन संघर्षमा बितेको बताउँदै लोकतन्त्र र स्वतन्त्रताको लागि संघर्ष गरेकैले आफ्नो स्वास्थ्यमा समस्या आइरहेको दाबी गरेका छन् ।

१२ वर्षअघि दुवै मिर्गौलाले काम गर्न छोडेपछि २०६४ साउनमा मिर्गौला प्रत्यारोपण गराएको उनले सम्झिएका छन् । त्यतिबेलाभन्दा अहिले मिर्गौला प्रत्यारोपण गर्न सहज भएको र अहिले थप सहज हुने उनले अपेक्षा राखेका छन् । नेपालमै अनुभवि नेपाली चिकित्सकले मिर्गौला प्रत्यारोपण गर्न लागेकोमा आफूलाई गर्व लागेको उनले बताएका छन् ।

विकास र समृद्धिका मुर्छित सपनालाई नेकपाले निर्वाचनमार्फत जागृत गराएको र तिनलाई बीचमै आफूले नछोड्ने बताए । उनले भनेका छन्, 'जसरी खेलको बीचमा राम्रो खेलाडीले मैदान छोड्दैन त्यसैगरी जागृत हुँदै गरेका सपनालाई अलपत्र पारेर म पनि अलप हुन्न ।'

संसारमा कोही पनि अजम्बरी नहुने र आफू पनि अजम्बरी हुनका लागि ती कुरा नबताइरहेको ओलीको भनाइ छ । उनले आफ्नो स्वास्थ्यलाई लिएर ढुक्क हुन आग्रह गरका छन् ।

आफू अस्पतालमा रहेका बेला सरकार, पार्टी र संसद संचालनका लागि आवश्यक व्यवस्था गरिएको प्रधानमन्त्री ओलीले बताएका छन् ।

पूर्ण पाठ :



प्रकाशित : फाल्गुन १९, २०७६ १८:१७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?