कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ९९

पुस्तक र इन्धनमा लगाइएको करविरुद्ध नेविसंघको देशभर विरोध प्रदर्शन

तत्काल स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनको माग
कान्तिपुर संवाददाता

काठमाडौँ — प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ)ले आइतबार बिहान देशभरका क्याम्पस अगाडि विरोध प्रदर्शन गरेको छ ।

पुस्तक र इन्धनमा लगाइएको करविरुद्ध नेविसंघको देशभर विरोध प्रदर्शन

इन्धनमा लगाएको पूर्वाधार कर, पुस्तकमा लगाइएको १० प्रतिशत कर फिर्ता र तत्काल स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनको माग गर्दै नेविसंघले बिहान ९ बजेदखि साढे ९ बजेसम्म देशभरका क्याम्पस अगाडि प्रदर्शन गरेको महामन्त्री बलदेव तिमलसिनाले जानकारी दिए ।

नेविसंघले बिहान ९ बजेदेखि आधा घण्टा देशभरका क्याम्पस अगाडि विरोध प्रदर्शन गरेको हो ।

उपत्यकाका पनि सबै मुख्य क्याम्पस अगाडि विरोध प्रदर्शन गरिएको छ । महामन्त्री तिमल्सिनाका अनुसार उपत्यकाका त्रिचन्द्र, शंकरदेव, सरस्वती, अश्कल, मिनभवन, आरआर, कोटेश्वर, विश्वभाषा, बालमिकी, केन्द्रीय क्याम्पस कीर्तिपुरलगायत क्याम्पसमा विरोध प्रदर्शन भएको छ ।

नेविसंघले यो आन्दोलनलाई आफ्ना माग पूरा नहुॅदासम्म जारी राख्ने जनाएको छ ।

‘हामीले यो भ्रष्ट सरकारले अनावश्यक रुपमा लगाएको करको विरोध र युनियनको निर्वाचन चाँडो गर्नका लागि दबाब दिन विरोध प्रदर्शनको कार्यक्रम अगाडि सारेका हौं,’ उनले भने, ‘यदी यसको सुनुवाइ भएन भने हामी थप सशक्त रुपमा आन्दोलनका कार्यक्रम गर्छौं ।’


प्रकाशित : फाल्गुन १८, २०७६ ११:३५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कामको खोजीमा विद्यार्थीको रुपमा रुस पुगेका १५० युवा अलपत्र परेका छन् । उनीहरुका लागि तत्काल के गर्नु उपयुक्त होला ?

×