कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

विशिष्ट कक्ष प्रवेशमा सुरक्षाकर्मीले रोक लगाएपछि भीम रावलको गुनासो 

अर्जुन शाह

धनगढी — नेकपाका नेता भीम रावलले शनिबार धनगढी विमानस्थलको विशिष्ट कक्ष प्रवेशमा सुरक्षाकर्मीले रोक लगाएकोमा गुनासो गरेका छन् । 

विशिष्ट कक्ष प्रवेशमा सुरक्षाकर्मीले रोक लगाएपछि भीम रावलको गुनासो 

प्रतिनिधिसभा सदस्य एवं नेकपा सुदूरपश्चिमका इन्चार्जसमेत रहेका रावल काठमाडौंबाट श्री एयरलायन्सको जहाजबाट धनगढी विमानस्थलमा ओर्लेपछि विशिष्ट कक्ष प्रयोग गर्न जाने क्रममा उनलाई प्रवेशमा रोक लागाएर सुरक्षाकर्मीले बाहिरको बाटोबाट पठाएका थिए ।


‘विशिष्ट कक्ष प्रयोग गर्दैमा ठूलो सानो हुने भन्ने होइन । तर पूर्व जानकारी नदिई किन त्यसो गरियो भन्नेमा आश्चर्य लागेको हो,’पूर्वउपप्रधान, गृह तथा रक्षामन्त्रीसमेत रहेका नेता रावलले भने, ‘क-कसले विशिष्ट कक्ष प्रयोग गर्न पाउँछन् भन्ने नियम छ, वा सूचीमा म परिनँ भने सुरुमा कार्यान्वयन गर्न मै तयार हुन्छु ।’

शनिबार धनगढीबाट राष्ट्रपति विद्यादेवी भण्डारी काठमाडौं फर्कने कार्यसूची थियो । राष्ट्रपति काठमाडौं फर्कने भएकाले विमानस्थल र विशिष्ट कक्षको सुरक्षा व्यवस्था कडाई गरिएको थियो ।

राष्ट्रप्रमुखको सुरक्षा व्यवस्थाको मर्यादाबारे बुझेकै व्यक्ति भएकाले आफूलाई त्यसबारे कुनै जानकारी नदिइ गरिएको अपमानजक व्यवहारले दु:खी बनाएको उनको भनाइ छ ।

प्रकाशित : फाल्गुन १७, २०७६ १५:५६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?