कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

टेलिकमको टावर ढल्दा ३ जना घाइते

गणेश चौधरी

टीकापुर — कैलालीको भजनी नगरपालिका–१ मा रहेको नेपाल टेलिकमको पुरानो टावरलाई खोल्ने क्रममा टावर ढल्दा तीन जना घाइते भएका छन् ।

सशस्त्र प्रहरी क्याम्पभित्र रहेको टावर बुधबार साँझ ढल्दा बर्दियाका ३२ वर्षीय चन्द्रबहादुर चौधरी, ३५ वर्षीय सन्ते चौधरी र २६ वर्षीय माइकल चौधरी घाइते भएको इलाका प्रहरी कार्यालय भजनीका प्रहरी नायव निरीक्षक गणेश तिमिल्सनाले बताए ।


उनीहरुको कोहलपुर मेडिकल कलेजमा उपचार भइरहेको छ । नयाँ टावर बनेपछि पुरानो टावर हटाउने क्रममा टावर ढलेको प्रहरीले जनाएको छ ।

प्रकाशित : फाल्गुन १५, २०७६ २०:०७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?