कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

लम्साल, थापा र पालकाे नाम एआईजीमा सिफारिस

मातृका दाहाल

काठमाडौँ — गृह मन्त्रालयले नेपाल प्रहरीमा रिक्त ३ अतिरिक्त महानिरीक्षक(एआईजी)मा तारणी लम्साल, शैलेश थापा क्षत्री र हरि पाललाई सिफारिस गरेको छ । गृह सचिव महेश्वर न्यौपानेको अध्यक्षतामा बसेको बढुवा समितिले प्रहरी नायब निरीक्षक (डीआईजी)त्रय लम्साल, क्षेत्री र पाललाई एआईजीमा सिफारिस गरेको हो ।

लम्साल, थापा र पालकाे नाम एआईजीमा सिफारिस

यीमध्ये लम्साल प्रहरी महानिरीक्षक ठाकुरप्रसाद ज्ञवालीका 'ब्याची' हुन् । लम्सालले आगामी असार २५ गतेबाट अवकाश पाउँदैछन् ।थापा र पाल २०४९ सालमा सेवा प्रवेश गरेका थिए ।

गत माघ २८ गते प्रहरी महानिरीक्षकहरु पुष्कर कार्की, ठूले राई र धीरु बस्नेतले अवकाश पाएपछि रिक्त स्थानमा यी ३ जनालाई सिफारिस गरिएको हो ।

त्यसपछि थापा र पालमध्येबाट प्रहरी महानिरीक्षक चयन हुनेछन् । एआईजीको बढुवा दौडमा यी तीनबाहेक नीरज शाही, प्रधुम्‍नकुमार कार्की, सूर्य उपाध्याय र विश्वराज पोखरेल प्रतिस्पर्धामा थिए ।

प्रकाशित : फाल्गुन १५, २०७६ १८:४८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?