कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

कार दुर्घटनामा माले महासचिव मैनालीसहित ५ जना घाइते [अपडेट]

सुनिता बराल

महोत्तरी — पूर्वउपप्रधानमन्त्री तथा नेकपा (माले) महासचिव सीपी मैनाली चढेको गाडी महोत्तरीको बर्दिवासमा दुर्घटना भएको छ । दुर्घटनामा महासचिव मैनाली सख्त घाइते भएका छन् । मैनालीको टाउकोमा गहिरो चोट लागेको छ भने दाहिने खुट्टा भाँचिएको छ ।

कार दुर्घटनामा माले महासचिव मैनालीसहित ५ जना घाइते [अपडेट]

बीपी राजमार्गस्थित महोत्तरीको बर्दिवास नगरपालिका ३ कालापानीमा दुर्घटना भएको हो । दुर्घटनामा महासचिव मैनालीका छोरा, बुहारी, नाती र चालक गरी पाँच जना घाइते भएका छन् ।


झापाबाट काठमाडौंतर्फ जाँदै गरेको मैनाली परिवार सवार रहेको बा ७ च २१२० नम्बरको कार र विपरीत दिशाबाट आउँदै गरेको ना ४ च ७६८० नम्बरको पिकअप आपसमा ठोकिएर दुर्घटना भएको प्रहरीले जनाएको छ । दुर्घटनामा मनौलीका छोरा ३० वर्षीय सरोज, बुहारी पूजा ढुंगाना मैनाली, ५ वर्षीय नाति एन मैनाली र चालक रामप्रसाद पौडेल घाइते भएका छन् ।


दुर्घटनामा मैनाली र बुहारी पूजा सख्त घाइते भएको ईलाका प्रहरी कार्यालय बर्दिवासका डिएसपी राजन चापागाईंले जानकारी दिए । उनको बुहारीको दुवै खुट्टा भाँचिएको छ । घाइतेहरुलाई हेलिकप्टरमार्फत काठमाडौं पठाउने तयारी भइरहेको नेकपाका केन्द्रीय सदस्य प्रकाश पोखरेलले जानकारी दिए ।


घाइतेहरुको बर्दिवासस्थित बर्दिवास जनसेवा हस्पिटलमा उपचार भइरहेको छ ।

प्रकाशित : फाल्गुन १५, २०७६ १३:५७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?