कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

पार्टीभित्रैबाट असहयोग भएको कोइरालासँग प्रधानमन्त्रीको गुनासो

कान्तिपुर संवाददाता

काठमाडौँ — कांग्रेस नेता शेखर कोइरालाले बिहीबार बिहान प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता गरेका छन् । प्रधानमन्त्री ओली र नेता कोइरालाबीच देशको पछिल्लो राजनीतिक अवस्थाबारे झन्डै डेढ घण्टा कुराकानी भएको थियो । 

पार्टीभित्रैबाट असहयोग भएको कोइरालासँग प्रधानमन्त्रीको गुनासो

कांग्रेस नेता कोइरालाका स्वकीय सचिव दिनेशचन्द्र थपलियाका अनुसार प्रधानमन्त्रीसँगको भेटमा सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदमा गोकुल बाँस्कोटाको अडियो प्रकरणदेखि संविधान संशोधनसम्मका विषयमा कुराकानी भएको थियो । कोइरालाले कुनै व्यक्तिको अनुहार हेरेर संविधान संशोधन गर्दा गलत नजिर बस्ने भएकाले त्यसो नगर्न प्रधानमन्त्रीलाई सुझाव दिएका थिए ।

जवाफमा प्रधानमन्त्रीले देश अहिले अप्ठेरो अवस्थामा पुगेको भन्दै सबै मिलेर जोगाउनुपर्ने बताए । प्रतिपक्षका रुपमा कांग्रेसले आफ्नो विरोध गर्नु स्वाभाविक भए पनि आफ्नै पार्टीका नेताहरुबाट असहयोग भएको गुनासो प्रधानमन्त्रीले कोइरालासँग गरेको थपलियाले जानकारी दिए । भेटमा कोइरालाले प्रधानमन्त्रीको स्वास्थ्य अवस्थाका बारेमा पनि जानकारी लिएका थिए ।

पछिल्लो समय नेकपाभित्र वामदेव गौतमलाई राष्ट्रिय सभा सदस्यमा मनोनीत गर्ने र संविधान संशोधन गर्ने कुराले ठूलो विवाद निम्त्याएको छ ।

नेकपा सचिवालयका अधिकांश सांसदले राष्ट्रपतिबाट मनोनीत राष्ट्रिय सभा सदस्य युवराज खतिवडाको ठाउँमा उपाध्यक्ष वामदेव गौतमलाई लैजान चाहेका छन् । प्रधानमन्त्रीसमेत रहेका नेकपाका अध्यक्ष ओली भने जुनसुकै हालतमा युवराज खतिवडालाई नै निरन्तरता दिन चाहन्छन् ।

प्रकाशित : फाल्गुन १५, २०७६ १३:१९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?