कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

गौतमलाई राष्ट्रिय सभामा पठाउने नेकपाको निर्णय

बबिता शर्मा

काठमाडौँ — नेकपाले उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रिय सभामा पठाउने भएको छ । बुधबार बसेको सचिवालय बैठकले उपाध्यक्ष गौतमलाई राष्ट्रिय सभामा पठाउने निर्णय गरेको सचिवालय सदस्य तथा प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए । 

गौतमलाई राष्ट्रिय सभामा पठाउने नेकपाको निर्णय

त्यस्तै संविधान संशोधनका लागि गृहकार्य गर्न कार्यदल बनाइएको भनिए पनि त्यो क्रियाशील नहुने पनि प्रवक्ता श्रेष्ठले जानकारी दिए ।

पार्टीबाट छानिएका गौतमलाई सरकारले राष्ट्रपतिसमक्ष सिफारिसगर्ने छ । राष्ट्रपति विद्यादेवी भण्डारीले मनोनीत गरेपछि उनी राष्ट्रिय सभा सदस्यनिर्वाचित हुने छन् ।

५९ सदस्यीय राष्ट्रियसभामा राष्ट्रपतिबाट ३ जना मनोनीत हुनेव्यवस्था छ । राष्ट्रपतिबाट मनोनीत भएका युवराज खतिवडाको कार्यकाल यही फागुन २०गतेदेखि सकिन लागेकोले गौतमलाई राष्ट्रिय सभामा पठाउन लागिएको हो ।

राष्ट्रिय सभा सदस्यको कार्यकाल गोलाप्रथाबाट निर्धारण गरिएकोमा अर्थमन्‍त्री रहेका खतिवडाले दुई वर्ष अवधि पाएका थिए ।

पछिल्लो प्रतिनिधिसभा निर्वाचनमा पराजित भए पनि गौतम प्रधानमन्त्री बन्नका लागि निरन्तर प्रयास गरिरहेका छन् । उनी कहिले हुम्लाका सांसद धनबहादुर बुढा तथा काठमाडौं-७ का रामवीर मानन्धरलाई राजीनामा गराएर प्रतिनिधि सभा सदस्य बन्न चाहन्थे। कास्की-२ बाट निर्वाचित रवीन्द्र अधिकारीको निधनपछि भएको उपनिर्वाचनमा प्रधानमन्त्री केपी शर्मा ओलीले उठ्न आग्रह गरे पनि गौतम त्यहाँ आफूले हार बेहोर्ने भन्दै अस्वीकार गरेका थिए ।

२०७५ यताको सार्वजनिक रेकर्डमात्रै केलाउँदा पनि गौतमले प्रधानमन्त्री बन्नका लागि पटक-पटक प्रयास गरेको देखिन्छ । ती सबै प्रयास असफल भएपछि राष्ट्रिय सभा सदस्यमा नेकपाले गौतमलाई पठाउने निर्णय गरेको हो । साथै प्रधानमन्त्री बन्न पाउने गरी संविधान संशोधन गर्ने विवादित प्रस्ताव पनि अघि बढाइएको हो ।

'कार्यदल क्रियाशील नहुने'

नेकपाले संविधान संशोधनको गृहकार्यका लागि बनाइएको भनिएको कार्यदललाई क्रियाशील नबनाउने भएको छ । संविधान संशोधन आवश्यकताअनुसार हुँदै जान सक्ने भएकाले अहिले नै कार्यदल बनाउन नपर्ने निष्‍कर्ष निकालिएको प्रवक्ता श्रेष्ठले जानकारी दिए ।

राष्ट्रियसभा सदस्यलाई प्रधानमन्त्री बनाउनका लागि नेकपाले गठन गरेको भनिएको संविधान संशोधन कार्यदलका विषयमा चर्को आलोचना भइरहेको छ । व्यक्तिका लागि संविधान संशोधन हुन सक्दैन भनेर प्रतिपक्ष दलले गरेको प्रतिरोधका कारण नेकपाले कार्यदललाई तत्काल सक्रिय नबनाउने भएको हो । उनका अनुसार एमसीसीका विषयमा बैठकमा कुनै छलफल भएन ।

सचिवालय बैठक नेकपा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालबीच छलफल भएको थियो । उक्त छलफलमा अमेरिकी नियोग मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्बन्‍धमा झलनाथ खनाल संयोजकत्‍वको कार्यदलले बुझाएको प्रतिवेदन, पार्टी एकताका टुंगिन बाँकी काम लगायत विषय थिए । झलनाथ खनाल संयोजक रहेकोएमसीसी अध्ययन कार्यदलले यथास्थितिमा एमसीसी संसदबाट पारित गर्न नहुने सुझावसहितशुक्रबार ओली र दाहाललाई प्रतिवेदन बुझाएको थियो।

प्रकाशित : फाल्गुन १४, २०७६ १३:२०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?