कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

राष्ट्रपतिको स्वागतमा पाटन नगरपालिकाले दियो सार्वजनिक बिदा 

तृप्ति शाही

बैतडी — बैतडीको पाटन नगरपालिकाले राष्ट्रपति विद्यादेवी भण्डारीको स्वागतमा बिहीबार सावर्जनिक बिदा दिएको छ । राष्ट्रपति भण्डारी जिल्लामा आउने भएपछि नगरपालिकाले सार्वजनिक बिदा दिने निर्णय गरेको हो । 

राष्ट्रपतिको स्वागतमा पाटन नगरपालिकाले दियो सार्वजनिक बिदा 

पाटनमा रहेको प्राविधिक शिक्षालय भीमदत्त पोलिटेक्‍निक इन्स्टिच्युटको नवनिर्मित भवन र छात्रावास भवनको बिहीबार उद्‍घाटन गर्ने कार्यक्रम रहेको छ । त्यही कार्यक्रमका लागि नगरपालिकाका सबै कार्यालयमा बिदा दिइएको नगरपालिकाका प्रवक्ता लोकबहादुर भण्डारीले बताए । उनले भने, ‘राष्ट्रकै प्रमुख आउन लाग्नुभएकोले बिदा दिने निर्णयमा पालिका पुगेको हो । भोलि विद्यालय र सबै सरकारी कार्यालय बन्द हुन्छन् ।’

साथै राष्ट्रपति विद्यादेवी भण्डारीलाई नागरिक अभिनन्‍दन गर्ने कार्यक्रम पनि रहेको उनले बताए । राष्ट्रपति विद्यादेवी भण्डारी बुधबारदेखि सुदूरपश्चिम भ्रमणमा निस्किएकी छन् । ४ दिने भ्रमणका क्रममा राष्ट्रपति भण्डारी बैतडीसहित सुदूरपश्चिमका पाँच जिल्लाका विभिन्न कार्यक्रममा सरिक हुने कार्यक्रम छ ।

राष्ट्रपतिले बुधबार मध्याह्न १२ बजे धनगढीमा हुने विश्व नेपाली साहित्य महोत्सवको उद्‍घाटन र २ बजे शिवनगर खानेपानी आयोजनाको निरीक्षण गर्ने कार्यक्रम छ। बिहीबार दिउँसो २ बजे बैतडीको त्रिपुरासुन्दरी भगवती मन्दिरमा विशेष पूजाआजा र दशरथचन्द नगरपालिकाका तर्फबाट नागरिक अभिनन्दनको कार्यक्रम रहेको बैतडीका प्रमुख जिल्ला अधिकारी आनन्द पौडेलले जानकारी दिए।

प्रकाशित : फाल्गुन १४, २०७६ १२:३५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?