कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सांसद गिरीको प्रश्‍न, ‘नेकपाको समाजवाद कमिसनवादबिना टिक्न सक्छ ?’

कान्तिपुर संवाददाता

काठमाडौँ — समाजवादी पार्टीकी सांसद सरिता गिरीले सत्तारुढ दल नेकपा कमिसनबिना अगाडि बढ्न नसक्ने बताएकी छन् । मंगलबारको प्रतिनिधिसभा बैठकमा सांसद गिरीले कमिसनबिना नेकपा एक कदम पनि चल्न नसक्ने दाबी गरिन् ।

‘नेकपाको समाजवाद कमिसनवादबिना टिक्न सक्छ?’ सांसद गिरीले प्रश्न गरिन् । पार्टीको राजनीतिक दस्तावेजमै कमिसनवादलाई समेट्न सुझाव गिरीले दिइन् ।


गिरीले नेकपाले भ्रष्टाचारको परिभाषा नै परिवर्तनको तयारी गरिरहेको आरोप लगाइन। नेकपाले गर्ने भ्रष्टाचार सर्वहारा, दलित, शोषित र पीडितको नाममा हुने अरुले गरेको भ्रष्टाचार भ्रष्टाचार हुने? गिरीको प्रश्न थियो। उनले भनि, ‘विधिका शासन कहाँ गया? सभामुख महोदय’


पूर्वसञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले प्रकरणले प्रतिपक्षी दलले बोलेको कुराहरुको सत्तारुढ दलले प्रवाह नगर्ने प्रवृत्ति हाबी भएको बताइन् । बाँस्कोटाले राजीनामा दिएपछि अख्तियारले सञ्चार मन्त्रालयमा छापा मारेको खवरहरु सार्वजनिक भएको प्रसंगमा उनले बाँस्कोटामाथि छानबिन गर्न हो की बचाउन छापा मारेको भन्दै प्रश्न गरिन् ।


हुवावे देखि लिएर यति होल्डिङसम्म सरकार अड्केको दाबी गर्दै गिरीले यस विषयमा प्रधानमन्त्रीले जिम्मेवारी लिँदै जवाफ दिनुपर्ने बताइन् । प्रकाशित : फाल्गुन १३, २०७६ १४:१३

ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

दिल्ली हिंसा : मृतकको संख्या ७ पुग्यो

एजेन्सी

नयाँदिल्ली — भारतको राजधानी नयाँदिल्लीमा नागरिकता संशोधन कानुन(सीएए) को विरोध र समर्थनमा भएको हिंसात्मक प्रदर्शनमा मृत्यु हुनेको संख्या ७ पुगेको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प भारत भ्रमणका क्रममा रहेकै बेला राजधानीको दिल्लीको उत्तरपूर्वी क्षेत्रमा सोमबारको हिंसात्मक प्रदर्शनका क्रममा भएको भिडन्तमा ७ जनाको मृत्यु भएको छ। त्यस्तै झडपमा कम्तीमा पनि ३५ जना घाइते भएको बताइएको छ।

संशोधित नागरिकता ऐनको विरोध र पक्षमा दिल्लीको मौजपुर र आसपासका क्षेत्रमा विगत दुई दिन देखि जारी प्रदर्शनले सोमबार उग्र हिंसात्मक रुप लिँदा एक जना प्रहरी हवल्दारसहित ७ जनाको मृत्यु भएको हो

मौजपुर क्षेत्रमा नागरिकता ऐनको विरोध र समर्थनमा विगत दुई दिनदेखि प्रदर्शन जारी थियो। सोमबार भने बिहानैदेखि दुवै पक्षबीच ढुंगा हानाहान भएको थियो। प्रदर्शन उग्र बन्दै गएपछि दिल्ली मेट्रोका आधा दर्जन स्टेशनहरु बन्द गरिएका थिए

सोमबारको प्रदर्शनमा क्रममा हिसांत्मक भीडले मौजपुर, कर्दामपुरी, चाँदबाग र दयालपुर क्षेत्रमा सार्वजनिक सवारीसाधन, घर र पसलहरुमा आगजानी गरेको थियो। त्यस्ता आगजानी र तोडफोडका घटनाका भिडियो र तस्बिरहरु दिनभर नै विभिन्न सञ्चारमाध्यम र समाजिक सञ्जालमार्फत् सार्वजनिक भइरहेका थिए। प्रदर्शनकारीहरुले दिल्लीको गोकुलपुरीस्थित पुरानो टायर बजारमा आगजनी गरेका थिए। उग्र भीडले पेट्रोल बम समेत प्रहार गरेका थियो। प्रदर्शनका कारण उक्त क्षेत्रमा रणभूमिका परिणत भएको थियो

गृहमन्त्री अमित शाहले बोलाए बैठक

यसैबीच भारतका केन्द्रीय गृहमन्त्री अमित शाहले दिल्लीको पछिल्लो अवस्थालाई मध्यनजर गर्दै बैठक बोलाएका छन्। अमित शाहले बोलाएको बैठकमा दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाल, दिल्लीका उपराज्यपाल अनिल बैजल, प्रहरी आयुक्त अमूल्य पटनायक कांग्रेस नेता सुवास चोपडा भारतीय जनता पार्टीका नेता मनोज तिवारी र रामवीर सिंह बिधुडीलगायतका उपस्थित थिए।

ट्रम्प भारत भ्रमणमा रहेकै बेला दिल्लीमा हिंसात्मक प्रदर्शन

बैठकपछि दिल्लीका मुख्यमन्त्री केजरीवालले बैठकमा सबै पक्ष दिल्लीमा भइरहेको हिंसा रोक्न एकजुट भएर लाग्ने प्रतिबद्धता व्यक्त गरेको बताए।

प्रकाशित : फाल्गुन १३, २०७६ १३:५७
पूरा पढ्नुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
×