भ्रष्टाचार गर्न दिन्‍न भनी प्रधानमन्‍त्रीले संसद्‌लाई आश्‍वस्त पार्नुपर्छ : सांसद रिजाल

कान्तिपुर संवाददाता

काठमाडौँ — प्रमुख प्रतिपक्षी कांग्रेसले भ्रष्टाचार र अनियमितताका विषयमा प्रधानमन्त्रीले संसद‍्मा जवाफ दिन माग गरेको छ । 

प्रतिनिधि सभाको मंगलबारको बैठकमा कांग्रेस सांसद मिनेन्द्र रिजालले कम्युनिस्ट सरकारका कामलाई देखेर जनता आक्रोशित रहेको भन्दै अब प्रधानमन्त्री केपी शर्मा ओलीले संसद्‍‌मा जवाफ दिन माग गरेका हुन्। 'सदनमा आउनुस् र आश्‍वस्त बनाउनुस् भ्रष्टाचार गर्न दिन्‍न भनेर, तपाईं संसद्‍ले छानेको प्रधानमन्त्री हो,' सांसद रिजालले भने, 'प्रधानमन्त्री सबै जिम्मेवारीबाट बाहिर जानुहुन्‍न।'

सांसद रिजालले तामझामका साथ ५ वटा हेलिकप्टर लिएर तेह्रथुममा प्रधानमन्‍त्रीले जन्मदिन मनाएको विषयमा पनि आपत्त‍ि जनाएका थिए। 'त्यो घरलाई पनि लाग्यो होला आफ्‍नो खड्‌गप्रसाद होइन, राजा महाराजा हो।

त्यो घरको आत्माले तपाईंलाई चिनेन होला। त्यो घरको अगाडि उभिएर जनता कुन लोकमा र तपाईं कुन लोकमा हुनुहुन्छ भन्ने सोच्‍नुभयो?' उनले प्रश्‍न गरे, 'तपाईंले ४ हजारलाई साडी र कोट बाँडेको कुरा बाहिर आयो।'


लाखौं खर्च गरी प्रधानमन्‍त्रीले जन्‍मोत्सव मनाएको विषयमा सांसद रिजालले भने, 'त्यो देखेर आफ्नो जन्मदिनमा चकलेट बाँड्ने पूराना राजा, महाराजालाई इर्ष्या लाग्यो होला। मदन भण्डारी के सोच्थे होला?'

स्याटेलाइट टेलिकम फाइबर, फोरजी वितरण लगायतका विषयमा सञ्‍चार मन्त्रालय भ्रष्टाचारको अखडा बनेको भन्दै प्रधानमन्‍त्रीलाई उनले भने, त्यसैले होला तुलामा जोख्दा सञ्‍चारमन्‍त्री एकातिर अरु अर्कोतिर गर्दा बराबर हुन्छ भन्नुभएको होला।' निवर्तमान सञ्‍चारमन्‍त्री गोकुल बाँस्कोटाले राजीनामा दिनुअघि प्रधानमन्‍त्री ओलीले एक कार्यक्रममा उक्त धारणा राखेका थिए।


रिजालले ललिता निवासको जग्गा प्रकरणमा प्रधानमन्‍त्री ओलीले आफ्‍नागुटकालाई छुट दिएर प्रतिपक्ष र गुट बाहिरकालाई मात्रै कारबाही गर्ने लागेको भन्दै असन्तुष्टि पोखे। प्रकाशित : फाल्गुन १३, २०७६ १३:४२

ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT

पाथीभरा म्याराथनको उपाधि सुमन र सुनमायालाई

आनन्द गौतम

ताप्लेजुङ — पाथीभरा म्याराथन प्रतियोगिताको खुल्लातर्फको उपाधि सुमन कुलुङ र महिलातर्फको उपाधि सुनमाया बुढा क्षेत्रीले जितेका छन ।

मंगलवार विहान भएको प्रतियोगितामा खुलातर्फ सोलुखुम्वूको महाकुलुङ गाउँपालिकाका सुमन कुलुङले ४ घण्टा १३ मिनेट २७ सेकेण्डमा निर्धारित ५४ किलोमिटर दूरी पार गर्दै उपाधि जिते। आयोजकले ४७ किलोमिटर भनेपनि मोटरवाटोबाटै कुदाएपछि ७ किलोमिटर दूरी वढेको थियो।

पाँचथर फिदिमका प्रताप थाम्सोहाङले ४ घण्टा १४ मिनेट ९ सेकेण्डमा दूरी पार गर्दै दोस्रो भए। रुकुम मुसिकोटका दुर्गाराज वुढाले ४ घण्टा २९ मिनेट १७ सेकेण्डमा दूरी पार गर्दै तेस्रो भए।

महिलातर्फ जुम्लाकोपातारासी गाउँपालिकाकी सुनमाया बुढाक्षेत्रीले ४४ किलोमिटर दूरी ३ घण्टा ३८ मिनेटमा पूरा गर्दै प्रथम भइन। प्रतिष्पर्धी त्रिभुवन आर्मी क्लवकी सरिता वासीभन्दा १० मिनेट चाँडो गन्तब्यमा पुग्दै उनले उपाधि हात पारेकी हुन।

वासी ३ घण्टा ४८ मिनेटमा दूरी पार गर्दै दोस्रो भइन। धादिङ धुनिबेसींकी रसिला तामाङले ४ घण्टा ५९ सेकेण्डमा दूरी पार गर्दै तेस्रो भइन।

खुलातर्फका विजेताले १ लाख ५१ हजार, उप–विजेताले १ लाख ११ हजार र तेस्रो भएकाले ५१ हजार रुपैयाँ पुरस्कार पाएका छन्।
महिला तर्फ प्रथमले ८१ हजार, दोस्रोले ५१ हजार र तेस्रोले ३१ हजार रुपैयाँ पुरस्कार पाएका छन्।

प्रकाशित : फाल्गुन १३, २०७६ १३:३६
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT
×