कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

जुम्ला नपुग्दै फर्कियो टोली

कान्तिपुर संवाददाता

काठमाडौँ — महिला तथा किशोरीविरुद्धका कुप्रथा अन्त्यका लागि जुम्लामा आयोजित महायज्ञमा पुग्‍ने भनेर काठमाडौंबाट गएको टोली बाटैबाट फर्किएको छ । 

महिला तथा बालबालिका मन्त्री पार्वत गुरूङ, सांसद विन्दा पाण्डे, गजेन्द्रबहादुर महत र कर्णाली प्रदेशका सामाजिक विकास मन्त्री दल रावल लगायतको टोली बीचैबाट फर्केको हो ।


‘शनिबार पुग्नु थियो । त्यही दिन जुम्लामा हिउँ पर्दैछ भने नेपालगञ्जबाट जहाजै उडेन फर्कियौ,’सांसद पाण्डेले बताइन्,‘त्यसपछि काठमाडौं फर्कियौं ।’


आगामी जेठ तेस्रो साता अन्तर्राष्ट्रिय मर्यादित महिनावारी कार्यशाला गोष्ठी आयोजना गरिने र त्यसमा २० देशका अनुसन्धानकर्मी, अभियानकर्मी, सरकारका प्रतिनिधिसँगै सबै प्रदेश र स्थानीय तहलाई सहभागी गराइने मन्त्री गुरूङले बताए ।

प्रकाशित : फाल्गुन ११, २०७६ १९:२१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?