कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

बालिका बलात्कार गरी फरार 

कान्तिपुर संवाददाता

नेपालगन्ज — बाँकेको कोहलपुरमा बालिकालाई जबर्जस्ती करणी गरेर एकजना आरोपी फरार भएका छन् । १२ वर्षीया बालिकालाई जबर्जस्ती करणी गरेर स्थानीय ३० वर्षीय भोजबहादुर थापा फरार भएको इलाका प्रहरी कार्यालय कोहलपुरका डीएसपी कुलदिप चन्दले बताए । 

शनिबार साँझ साथीहरुसँग खेलिरहेको अवस्थामा बालिकलाई थापाले जबरजस्ती करणी गरेको पीडित परिवारले बताएको छ ।


शनिबार साँझ बालिका घर ढिलो आएपछि सोधपुछ गर्दा बालिकाले घटनाबारे बताएपछि पीडित परिवार राति नै प्रहरी कार्यालय पुगेको थियो । आइतबार बिहान परिवारले अभियुक्त थापा विरुद्ध जाहेरी दिएका छन् ।


कार्यालयका डीएसपीका चन्दले घटनापछि फरार रहेका थापाको खोजी कार्य तीव्र पारिएको बताए । पीडित बालिकाको स्थानीय एक अस्पतालमा उपचार भइरहेको छ ।

प्रकाशित : फाल्गुन ११, २०७६ १९:११
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?