कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४८

संविधान संशोधन गर्न नेकपाले बनायो कार्यदल 

बिनु सुवेदी

काठमाडौँ — संविधान संशोधन गर्न नेकपाले सचिवालय सदस्य माधवकुमार नेपालको संयोजकत्वमा तीन सदस्सीय कार्यदल बनाएको छ । शनिबार बसेको नेकपाको सचिवालय बैठकले कार्यदल बनाएको हो । कार्यदलमा स्थायी समिति सदस्य सुवासचन्द्र नेम्बाङ र पार्टी केन्द्रीय सदस्य खिमलाल देवकोटा सदस्य छन् । 

संविधान संशोधन गर्न नेकपाले बनायो कार्यदल 

राष्ट्रियसभा सदस्यलाई प्रतिनिधसभाको हैसियत बराबर हुने गरी संविधान स‌ंशोधनका लागि अध्ययन गर्ने जिम्मा कार्यदललाई जिम्मा दिइएको उच्च स्रोतले जानकारी दिएको छ ।


नेपालको संविधान अनुसार प्रतिनिधिसभा सदस्य मात्रै प्रधानमन्त्री बन्न पाउने व्यवस्था छ ।


शनिबारको सचिवालय बैठक अध्यक्ष पुष्पकमल दाहालले कार्यदल गठनका लागि प्रस्ताव पेश गरेका थिए । यसमा प्रधानमन्त्री समेत रहेका अध्यक्ष केपी शर्मा ओलीले कार्यदल गठनको प्रस्तावमा कुनै प्रतिवाद नगरेको स्रोतले बतायो ।


नेकपाले उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रियसभा सदस्य बनाउने तयारी स्वरुप कार्यदल गठन गरेको स्रोतले बतायो ।

प्रकाशित : फाल्गुन ११, २०७६ १५:५७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिविको १८ रोपनी जग्गा भाडामा लगाएर प्राध्यापक र कर्मचारीले रकम असुल्दै आएकोबारे तपाईंको राय के छ ?