निर्वाचन आयोगले नेकपाको विधानअनुसार केपी शर्मा ओली र पुष्पकमल दाहाल नै अध्यक्ष रहेको निर्णय गरिदिएपछि नेकपाको समस्या अर्को चरणमा प्रवेश गरेको छ । आयोगले राजनीतिक दलसम्बन्धी नियमावलीको नियम २५ (६) बमोजिम दलको साविक विवरण कायम रहेको जानकारी सोमबार अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाललाई दिएको छ ।
‘म ईश्वर, देश र जनताका नाममा शपथ लिन्छु,’ दोस्रोपटक प्रधानमन्त्री हुँदै गर्दा २०७४ फागुन ३ गते राष्ट्रपति विद्यादेवी भण्डारीले गराएको शपथमा केपी शर्मा ओलीले भने, ‘म देश र जनताका नाममा शपथ लिन्छु ।’ अर्थात् उनले ‘ईश्वर’ शब्द हटाएर शपथ लिए ।
प्रतिनिधिसभा विघटनपछि उत्पन्न राजनीतिक संकटले लोकतन्त्र र संघीयताकै भविष्य धरापमा पारेको चिन्ता भइरहेको छ । प्राध्यापक एवं संघीय मामिलाका विज्ञ पीताम्बर शर्मा पनि राजनीतिक घटनाका पछिल्ला बाछिटाले संविधानसभामार्फत निर्माण गरिएको संविधान र त्यसबाट स्थापित विधि तथा पद्धति लिकबाहिर पुर्याएकामा चिन्ता व्यक्त गर्छन् ।
‘प्रचण्डले जनमुक्ति सेना नहेर्ने रे, केपीले... लाजै (लाग्ने), त्यसैले जनयुद्धका कमान्डर साथीहरू ओलीको कुरामा गम्भीर नहुनुहोला, कमरेडहरू तपाईंहरूको योगदानको इतिहासमा स्वर्णिम अक्षरले नाम लेख्ने काम भएको छ, त्यसलाई कसैले कालो नपोतौं,’ नेकपा अध्यक्ष पुष्पकमल दाहालले शुक्रबार राजधानीको विरोधसभामा भनेका थिए ।
प्रदेश २ र काठमाडौं आसपासका जिल्लाबाट समेत आएका आन्दोलनकारी बिहान ११ बजेदेखि नै सडकमा निस्किँदा राजधानीको यातायात अस्तव्यस्त बन्यो । रात्रिबस चढेर आएकासहित राजधानीका १० ठाउँबाट निस्किएको जुलुस भृकुटीमण्डपतिर अघि बढेपछि आसपास क्षेत्र आन्दोलनकारीले भरिभराउ भयो ।
‘सबैभन्दा पहिले यो दस्ताबेज पार्टी सदस्यहरूका निमित्त मात्रै हो भन्ने कुरालाई सबैले ध्यानमा राख्नुपर्छ,’ नेकपाको दोस्रो महाधिवेशनले पारित गरेको राजनीतिक प्रतिवेदन प्रकाशित नभएपछि नेता हिक्मतसिंह भण्डारीको अपिल २०१५ मंसिर १८ गते केन्द्रीय कमिटीमा पठाउँदै तत्कालीन उत्तर गण्डक अञ्चलीय कमिटीले भन्यो, ‘ज्यादा प्रतिको अभावमा कमिटीका साथीहरू सबै एकै ठाउँमा जम्मा भई सामूहिक अध्ययन गर्नुभएमा बेस हुनेछ ।’
मंसिर ३० मा प्रधानमन्त्री केपी शर्मा ओलीले संवैधानिक परिषद्सम्बन्धी अध्यादेश ल्याएपछि नेकपा स्थायी कमिटी सदस्यहरू भीम रावल र पम्फा भुसाल पुस १ गते संसद्को अधिवेशन आह्वानका लागि निवेदन दर्ता गर्न राष्ट्रपति कार्यालय गए ।
भनिन्छ, युग परिवर्तनको क्रान्ति एकपटक हुन्छ तर नेपालमा प्रत्येक १०/१२ वर्षमा ठुल्ठूला आन्दोलन हुने र आन्दोलनको उपलब्धिप्रति क्रमशः नागरिककै मोहभंग हुने क्रम २००७ सालयता दोहोरिइरहेको छ । पुराना आन्दोलनहरु, प्राप्त र गुमेका उपलब्धिहरुलाई सम्झाउने गरी प्रतिनिधिसभा निर्वाचनपछि एउटा लयमा हिँडिरहेको देशको राजनीतिक परिस्थिति गत पुस ५ यता उद्वेलित छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले गत असार १४ गते भारतले आफूलाई सरकारबाट हटाउन खोजेको र त्यसमा नेकपाका नेताहरूले नै साथ दिएको आरोप लगाए । त्यही घटनापछि नेकपाभित्र सार्वजनिक रूपमै आरोप–प्रत्यारोपको सिलसिला पेचिलो बन्दै गयो ।