कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

चैतभित्रै सबै सामुदायिक विद्यालयमा शिक्षक: शिक्षामन्त्री

कान्तिपुर संवाददाता

काठमाडौँ — शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले सबै सामुदायिक विद्यालयमा चैतभित्रै अपुग शिक्षक नियुक्त गरिसकिने बताएका छन् ।

चैतभित्रै सबै सामुदायिक विद्यालयमा शिक्षक: शिक्षामन्त्री

काठमाडौंमा शनिबार एक कार्यक्रममा बोल्दै पोखरेलले हाल रिक्त रहेका ३९ हजार शिक्षक एक महिनाभित्रै नियुक्त गर्ने जनाएका हुन् ।


उनका अनुसार रिक्त दरबन्दी स्थानीय तहमार्फत् पूर्ति गरिनेछ । शिक्षकहरूलाई आफ्ना छोराछोरी आफूले पढाउने विद्यालयमै पढाउन पोखरेलले आग्रह गरे । शिक्षकहरूले आफ्ना बच्चालाई आफूले पढाउने विद्यालयमा नपढाएकामा उनको गुनासो छ ।


‘शिक्षकले आफ्ना बालबालिका आफूले पढाउने विद्यालयमा ल्याउने हो भने शिक्षाको गुणस्तर बढ्छ,’ पोखरेलले भने । उनले विद्यालय तहबाट गणित विषय नहटाइएको, बरु कक्षा १० सम्म अनिवार्य गरिएको बताए ।

प्रकाशित : फाल्गुन १०, २०७६ २१:३२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?