कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

नागरिकसँग मर्यादित व्यवहार गर्नुस् : गृहसचिव

कान्तिपुर संवाददाता

काठमाडौँ — गृहसचिव महेश्वर न्यौपानेले सेवाग्राही तथा आम नागरिकलाई मर्यादित र शिष्ट व्यवहार गर्न प्रहरीलाई निर्देशन दिएका छन् ।

नागरिकसँग मर्यादित व्यवहार गर्नुस् : गृहसचिव

गृहसचिवमा सरुवा भएपछि पहिलोपटक बिहीबार प्रहरी प्रधान कार्यालयको निरीक्षण गरेका न्यौपानेले बोलीवचन र व्यवहार शिष्ट, मर्यादित र नम्र बनाउन निर्देशन दिए ।


‘हाम्रो व्यवहार, काम गर्ने शैली, सेवाग्राहीलाई सम्बोधन गर्दा थप मर्यादित, सभ्य र सुसंस्कृत हुनुपर्छ,’ न्यौपानेले भने, ‘यसका साथै संगठनको शिर झुकाउने प्रवृत्तिविरुद्ध सबै एकताबद्ध भइ लाग्‍न पनि उत्तिकै अनिवार्य छ ।’ गलत काम गर्ने प्रहरीलाई कुनै पनि हालतमा उन्मुक्ति नदिइने स्पष्ट पार्दै न्यौपानेले पेसागत मर्यादा कायम राख्न निर्देशन दिए ।

प्रकाशित : फाल्गुन ८, २०७६ २१:५२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?