कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

पशुपति मन्दिरको शिवलिंगमा १४१ किलो सुनको जलहरी राखिने

इच्छुकले एक तोलादेखि एक किलोसम्म सुन सहयोग गर्न पाउने पशुपति क्षेत्र विकास कोषले कार्यविधि बनाएको छ ।
दामोदर न्यौपाने

काठमाडौँ — पशुपति क्षेत्र विकास कोषले पशुपति मन्दिरको शिवलिंगमा १४१ किलो सुनको जलहरी राख्‍ने भएको छ । यसका लागि आर्थिक संकलन गर्न कोषका कोषाध्यक्ष मिलनकुमार थापाको संयोजकत्वमा समिति बनाइएको छ ।

पशुपति मन्दिरको शिवलिंगमा १४१ किलो सुनको जलहरी राखिने

चाँदीको जलहरीलाई फेरेर सुनको राख्‍न लागिएको हो । अहिलेको बजार मूल्यअनुसार उक्त जलहरी ९२ करोडको हुने अनुमान गरिएको कोषाध्यक्ष थापाले जानकारी दिए ।


जलहरी राख्‍न कोष सञ्चालक परिषद्ले कार्यविधिसमेत पारित गरेको छ । कम्तीमा एक तोला र बढीमा एक किलोसम्म सहयोग गर्न सक्‍ने कार्यविधि बनाइएको छ । जुन दिन सहयोग गर्ने हो त्यही दिन सुनको बजार भाउअनुसारको रकम बैंकमा दाखिला गर्नुपर्ने हुन्छ । शिवरात्रिलाई लक्षित गरी पशुपतिनाथ मन्दिरमा दुई वटा घैला पनि राखिने थापाले जानकारी दिए । ‘मन्दिर भित्र र बाहिर एकएक वटा राखिनेछ,’ थापाले भने, ‘घैलामा गोप्य रूपमा स्वेच्छाले पैसा राख्न सकिन्छ ।’ घैलामा पैसा राख्ने दाताको रेकर्ड नहुने र बैंक दाखिला गरेर सुनका लागि सहयोग गर्नेको भने अभिलेख राखिने उनले बताए ।


साउदी अरब बस्ने भारतीय मुलका एक व्यापारिले सुनको जलहरी राख्ने इच्छा देखाएपछि कोषले दुई वर्षअघि नै योजना बनाएको थियो । स्थानीय र मन्दिरका भण्डारीले विरोध गरेपछि काम रोकिएको थियो । कोषका पूर्व कोषाध्यक्ष तथा वाग्मती प्रदेशका सांसद नरोत्तम वैद्यले नांगो बस्ने भगवानेलाई किन सुनको जलहरी भन्दै विरोधको अगुवाइ गरेका थिए ।


कोषले विश्वभरिका हिन्दुको आस्था केन्द्रमा सुनको जलहरी हुनु गौवरको विषय ठानेको छ । ‘संस्कृति भनेको नयाँ निर्माण पनि गर्नुपर्छ,’ सांस्कृतिक महाशाखा प्रमुख प्रेमहरि ढुंगानाले भने, ‘यसलाई विरोध गर्नुभन्दा सबै मिलेर सफल बनाउनुपर्छ ।’


पशुपतिमा रहेका चार भट्टले मात्रै जलहरी राख्ने काम गर्नुपर्छ । उनीहरूलाई यसका लागि तालिम दिइएको ढुंगानाले जानकारी दिए ।

प्रकाशित : फाल्गुन ८, २०७६ २१:३२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?