दुई हजार वर्ष पुरानो मानिने हरसिद्धि नाच देखाउँदा प्रयोग हुने सुन र चाँदीका ढोका यो वर्ष १२ वर्षे नाच देखाउँदा पनि भेटिएनन् । २०१८ सालदेखि रोकिएको नाच २०६६ सालमा ब्युँतियो । तर त्यही नाच ब्युँताउने बेलादेखि खोजिएको ढोका नभेटिँदा सुन र चाँदीको संकेत जनाउने रङ प्रयोग गरेर यो वर्ष काम चलाइएको छ ।
लामा कपाल पालेका र सेतो कपडा पहिरिएका हरिसिद्धि देवगण आइतबार बिहान १२ नबज्दै पशुपति क्षेत्रको जयबागेश्वरीबाट बिदा भए । तीन दिन हरिसिद्धि (जलद्योः) नाचेपछि जयबागेश्वरी डबलीमा दुईवटा बोकाको बलि दिनासाथ उनीहरू ललितपुरको हरिसिद्धितर्फ लागे । २९ जना देवगण, प्रत्येक देवगणका दुई सहयोगीसहितको टोलीको नेतृत्व गरिरहेका छन् ८८ वर्षीय धनबहादुर महर्जनले । ‘अब हरिसिद्धिमा आजको रात बसेर भोलि पनौतीतिर लाग्छौं,’ महर्जनले भने, ‘त्यसपछि यसपटकको १२ वर्षे हरिसिद्धि नाच सकिन्छ ।’
सर्वोच्च अदालतमा दायर रिट निवेदन किनारा नलाग्दै राष्ट्रपति विद्यादेवी भण्डारीले काठमाडौंको वसन्तपुरस्थित काष्ठमण्डपको उद्घाटन गरेकी छन् । अन्तरिम आदेश कायम रहेको र सत्तलमा पुरानै मूर्ति पुनःस्थापना गर्नुपर्ने माग राख्दै सम्पदा र संस्कृतीप्रेमीले विरोध गरिरहेका भए पनि सोमबार राष्ट्रपतिले काष्ठमण्डपको उद्घाटन गरेकी हुन् । उद्घाटनलगत्तै काष्ठमण्डप सर्वसाधारणका लागि समेत खुला गरिएको छ ।
सर्वोच्च अदालतमा दायर रिट निवेदन किनारा नलाग्दै काठमाडौंको वसन्तपुरस्थित काष्ठमण्डपको उद्घाटन हुने भएको छ । सोमबार राष्ट्रपति विद्यादेवी भण्डारीले काष्ठमण्डपको उद्घाटन गर्ने तय भएको हो । अन्तरिम आदेश कायम रहेको र पुरानै मूर्ति पुनःस्थापना गर्नुपर्ने जनाउँदै सरोकारवालाले उद्घाटनको विरोध गरेका छन् ।
पशुपतिको मृगस्थलीस्थित विश्वरूपा मन्दिर पुनर्निर्माणका लागि ऐनविपरीत ठेक्का दिने तयारी गरिएको छ । पशुपति क्षेत्र विकास कोषले एउटा कम्पनीलाई सजिलो हुने सर्त राखेर पुनर्निर्माणको ठेक्का दिने तयारी गरेको हो । एउटा कम्पनीलाई सजिलो हुने गरी सर्त राखिएको भन्दै सच्याएर सबैलाई प्रतिस्पर्धाको बाटो खोल्न माग गरेका छन् ।
झन्डै आधा शताब्दी नामेट भएको समय फल्चाले पुनर्जीवन पाएको छ । शनिबार ललितपुर उपमहानगर प्रमुख चिरीबाबु महर्जनले भत्किएको ४९ वर्षपछि समय फल्चाको उद्घाटन गरे । उद्घाटनका क्रममा मेयर महर्जनले पुरानो तस्बिरका कारण फल्चा फेरि बनाउन सफल भएको बताए । ‘यो तस्बिर थिएन भने फल्चा यो रूपमा फर्काउन सकिने थिएन,’ महर्जनले उद्घाटन समारोहमा राखिएको तस्बिर देखाउँदै भने, ‘हजार शब्दले व्याख्या गर्न नसक्ने काम एउटा तस्बिरले गर्न सक्छ भन्ने पुष्टि भएको छ ।’
काठमाडौं महानगरपालिका प्रमुख विद्यासुन्दर शाक्यको निर्देशनमा विश्वसम्पदा सूचीमा सूचीकृत हनुमानढोका दरबारक्षेत्रको वसन्तपुर डबलीमा बनाइएको कंक्रिट संरचना उपप्रमुख हरिप्रभा खड्गीको नेतृत्वमा भत्काइएको छ ।
प्राचीन स्मारक संरक्षण ऐन र विश्व सम्पदा क्षेत्रको मूल्यमान्यताको प्रतिकूल हुने गरी काठमाडौं महानगरपालिकाले हनुमानढोका दरबार क्षेत्रमा कंक्रिट संरचना निर्माण गरेको छ । महानगरको भौतिक निर्माण विभागले हनुमानढोकास्थित नौतले दरबारको दक्षिणतिर राष्ट्रिय झन्डा राख्ने भन्दै शनिबार राति सिमेन्टले ढलान गरेर पिलर ठड्याउने भाग बनाएको हो ।
धुमधामका साथ शिवरात्रि मनाउन पशुपतिनाथ क्षेत्र झकिझकाउ पारिएको छ । यस पटक दर्शनार्थीलाई मास्क र सेनिटाइजरको प्रयोग अनिवार्य गरिएको छ । महाशिवरात्रि पर्वमा पशुपतिनाथ दर्शन गर्न बर्सेनि हजारौंको संख्यामा दर्शनार्थी भेला हुने गरेका छन् । यस पटक शिवरात्रि आगामी मंगलबार परेको छ ।
काठमाडौं महानगरपालिकाले कानुनविपरीत ज्याठास्थित पुरातात्त्विक महत्त्वको छुस्या महाविहारको जग्गामा वडा कार्यालय भवन बनाउन सुरु गरेको छ । महानगरको वडा २७ को भवन बनाउन शिलान्यास गरिएको स्थानमा महाविहारअन्तर्गतको वयलाछी फल्चा थियो ।