गोकुल बाँस्कोटाले बुझाए प्रधानमन्त्रीलाई राजीनामा
काठमाडौँ — सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटाले राजीनामा दिएका छन् । बिहीबार बिहान कञ्चनपुरमा रहेका उनले काठमाडौं फर्किए लगत्तै प्रधानमन्त्री केपी शर्मा ओलीलाई आफ्नो राजीनामा बुझाएका हुन् ।
बाँस्कोटा विमानस्थलबाट सिधै प्रधानमन्त्री निवास बालुवाटार पुगेर आफ्नो राजनीमा बुझाएको उनी निकट स्रोतले ईकान्तिपुरलाई बताएको छ ।
यस्तै उनले ट्वीट गर्दै आफूले राजीनामा दिएको स्पष्ट पारेका छन् ।
प्रकाशित : फाल्गुन ८, २०७६ १५:२८मेरो बारेमा प्रश्न उठेकोले सम्माननीय प्रधानमन्त्रीज्यू समक्ष नैतिकताको आधारमा मन्त्री पदवाट राजिनामा दिएको जानकारी गराउँदछु। धन्यवाद ।
— Gokul Prasad Baskota (@GokulPBaskota) February 20, 2020
प्रतिक्रिया