कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सेक्युरिटी प्रेसबारे लेखा समितिमा छलफल, आएनन् मन्त्री बाँस्कोटा

जयसिंह महरा

काठमाडौँ — संसद्को सार्वजनिक लेखा समितिमा सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय र सुरक्षण मुद्रण केन्द्रसँग सम्बन्धित सेक्युरिटी प्रेसका बारेमा छलफल सुरु भएको छ । 

सेक्युरिटी प्रेसबारे लेखा समितिमा छलफल, आएनन् मन्त्री बाँस्कोटा

सेक्युरिटी प्रेस खरिदमा चलखेल भइरहेको चर्चा भइरहेका बेला बुधबार सञ्चारमन्त्री गोकुल बाँस्कोटा र स्थानीय एजेन्ट विजयप्रकाश मिश्र शर्मा बीचको अडियो कुराकानी बाहिरिएपछि घटनामा थप तरंग पैदा भएको छ ।

लेखा समितिले यस घटनाका बारेमा छलफल गर्न सञ्‍चार मन्त्री बाँस्कोटालाई बोलाए पनि उनी उपस्थित भएका छैनन् । उनी विभिन्न कार्यक्रमका लागि कञ्‍चनपुर रहेको बुझिएको छ । समितिले बैठकमा बोलाउँदा उपस्थित हुन नसक्‍ने भए पहिले नै जानकारी गराउनुपर्ने व्यवस्था छ । तर मन्त्री बाँस्कोटा भने पूर्वजानकारीबिना नै बैठकमा अनुपस्थित भएका हुन् ।


लेखा समितिले बिहीबार विभिन्न बुँदामा छलफल गर्दैछ । सेक्युरिटी प्रेस खरिदमा किन जी टु जी(गभर्मेन्ट टु गभर्मेन्ट’ प्रस्तावमा किन प्रतिस्पर्धा भएन भनेर समितिमा छलफल हुँदैछ । ‘सेक्युरिटी प्रिन्टिङ प्रेस स्थापना खुला प्रतिस्पर्धाबाट नगरी जी टु जी मार्फत ३ वटा देशसँग मात्र पत्राचार गरी कार्य अघि बढाउनुको कारण के हो ? सरकारको तर्फबाट प्रस्ताव आएको नभई दूतावासबाट सिफारिस मात्र गरेको र कम्पनीले सिधै प्रस्ताव पेस गरेको देखिन्छ के हो ? दुवै सरकारबीच एमओयू भएको छ ?’ लेखा समितिले सुरक्ष मुद्रण केन्द्रका प्रतिनिधि र सञ्चारमन्त्रीसँग यस्तै प्रश्नको उत्तर माग्ने कार्यक्रम रहे पनि मन्त्री बाँस्कोटा भने उपस्थित छैनन् ।

त्यस्तै लागत अनुमान यथार्थ नभएको, पोल्यान्डको सरकारी कम्पनी पीडब्लूपीडब्लू एसएले प्रधानमन्त्रीलाई लेखेको पत्रको बेवास्ता गरिएको, स्वीस कम्पनी केबीए नोटासिसको प्रस्ताव बेवास्ता गरिएको र विभिन्न कम्पनीको प्रस्तावित मूल्यमा ठूलो भिन्नता रहेको विषयमा पनि लेखा समितिमा छलफल हुँदैछ ।


लेखा समितिमा हुने छलफलका बुँदाहरु




प्रकाशित : फाल्गुन ८, २०७६ ११:५३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?