कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

उपसचिव र इन्जिनियरसहित चार जनाविरुद्ध मुद्दा

कान्तिपुर संवाददाता

काठमाडौँ — अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत (उपसचिव), इन्जिनियर र नेपाल प्रहरीका असईसहित चार जनाविरुद्ध बुधबार विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

उपसचिव र इन्जिनियरसहित चार जनाविरुद्ध मुद्दा

काठमाडौंको चन्द्रागिरी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत युवराज पौडेलले नगरको सूचना र विज्ञापन दिने क्रममा एक लाख रुपैयाँ घूस लिएको छानबिनबाट पुष्टि भएकाले उनीविरुद्ध मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ ।


अख्तियारले सिन्धुलीको घ्याङलेख गाउँपालिकाका इन्जिनियर दिलीपकुमार साहविरुद्ध समेत मुद्दा दायर गरेको छ । साहले गाउँपालिकामा विद्युत प्रसारण लाइन र ट्रान्सफर्मर जडानका क्रममा २ लाख ३० हजार रुपैयाँ घूस लिएको पुष्टि भएकाले उनीविरुद्ध मुद्दा दायर गरिएको अख्तियारको विज्ञप्तिमा उल्लेख छ ।


अख्तियारले नक्कली शैक्षिक प्रमाणपत्रधारी जिल्ला प्रहरी कार्यालय, ओखलढुंगाका तत्कालीन प्रहरी नायब निरीक्षक (सई) मुकुन्दप्रसाद उपाध्याय (ढकाल) विरुद्ध मुद्दा दायर गरेको छ । सेवा प्रवेश गर्ने क्रममा उनले पेस गरेको प्रमाणपत्र नक्कली रहेको छानबिनबाट पुष्टि भएको अख्तियारको अभियोगपत्रमा उल्लेख छ । अख्तियारले सिराहाको इलाका प्रहरी कार्यालय, सुखीपुर सिरहाका प्रहरी राजकुमार यादवविरुद्ध घूस लिएको अभियोगमा मुद्दा दायर गरेको छ ।

प्रकाशित : फाल्गुन ७, २०७६ १९:५८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?