राज्यका अंगहरुमा राजनीतिक हस्तक्षेप स्वीकार्य छैन : देउवा

प्रदीप मेन्याङबो

सुनसरी — कांग्रेस सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले न्यायपालिका, प्रहरी र ब्युरोक्रेसीमा राजनीतिक हस्तक्षेप कांग्रेसलाई स्वीकार्य नहुने बताएका छन् ।

धरान उपमहानगरपालिकाले ७० औं राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा गरेको कार्यक्रममा देउवाले जनताले लडेर ल्याएका अधिकार सुरक्षित गर्न राज्यका अंगहरुलाई स्वतन्त्रतापूर्वक काम गर्न दिनु पर्ने बताए।


उनले भने, ‘स्वतन्त्रता पुर्वक काम गर्न नदिएसम्म राजनीतिक आन्दोलन गरेर प्राप्त भएको अधिकारको अर्थ हुदैन।’ देउवाले सर्वभौम शक्तिको स्रोत जनता भएकाले २००७, ०४६ साल, ०६२/६३ मा लडेर ल्याएका अधिकारहरु कसैले कुनै पनि बाहानामा हटाउन नसकेको बताए।


प्रजातन्त्रमा बोल्न, लेख्न, आलोचना गर्न पाउने अधिकार सुरक्षित हुनुपर्ने देउवाको भनाइ छ। प्रकाशित : फाल्गुन ७, २०७६ १५:४४

ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

निलम्बित एसएसपी राणालाई ५ दिन थुनामा राख्न अदालतको अनुमति 

प्रदीप मेन्याङबो

सुनसरी — निलम्बित प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) शौरभ राणाको मुद्दामा अनुसन्धानका लागि प्रहरीलाई सुनसरी जिल्ला अदालतले सोमबार ५ दिनको म्याद दिएको छ ।

एक महिलामाथि जवर्जस्ती बलात्कार गरेको आरोप लागेका एसएसपी राणाको मुद्दामा अनुसन्धान गर्न सरकारी वकिलले १० दिनको समय मागेपनि अदालतले ५ दिन समय दिएको हो। सुनसरी जिल्ला अदालतका न्यायाधीश मणिराम न्यौपानेको इजलासले राणमाथि अनुसन्धान गर्न ५ दिनको समय दिएको हो।

झापा बस्ने एक महिलाले राणाले आफुलाई इटहरीको एक होटलमा बोलाएर बलात्कार गरेको किटानी जोहेरी दिएपछि गृह मन्त्रालयले एसएसपी राणालाई गत शुक्रबार निलम्बन गरेको थियो। जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता प्रहरी नायव उपरीक्षक विनोद शर्माले म्याद थप भएपछि राणालाई इनरुवास्थित जिल्ला प्रहरी कार्यालय सुनसरी लगिएको जानकारी दिए।

अदालतबाट आइतबार पक्राउ आदेश जारी भएलगत्तै एसएसपी राणा आफै जिल्ला प्रहरी कार्यालयमा उपस्थित भएका थिए। उनलाई सरकारी वकिलको कार्यालय इनरुवा मार्फत सोमबार सुनसरी जिल्ला अदालत उपस्थित गराइएको थियो।

म्याद थपपछि अदालत परिसरबाट बाहिरिदा राणाले आफुमाथि झुटो आरोप लगाइएको र केहिदिन भित्र सबै सत्य तथ्य बाहिर आउने प्रतिक्रिया दिएका थिए। उनी धरानस्थित संघीय प्रहरी इकाई कार्यालय प्रमुखका रुपमा कार्यरत थिए।
यो पनि :

प्रकाशित : माघ २०, २०७६ १८:१२
पूरा पढ्नुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
×