कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

अब सहर कुरुप हुँदैन : प्रधानमन्त्री

विद्युतीय तार भूमिगत बनाउने महत्वाकांक्षी परियोजना सुरु
रासस

काठमाडौँ — काठमाडौं उपत्यकामा विद्युतीय तार भूमिगत बनाउने महत्वाकांक्षी परियोजना सुरु भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले आज महाराजगञ्जबाट उक्त परियोजनाको कार्य आरम्भ गरेका हुन् ।

अब सहर कुरुप हुँदैन : प्रधानमन्त्री

पहिलो चरणमा काठमाडौंको महाराजगञ्ज र रत्‍नपार्क क्षेत्रमा तार भूमिगत गरिनेछ । त्यसलाई क्रमशः अन्यत्र विस्तार गरिँदै लैजाने सरकारको योजना छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको निर्देशनमा नेपाल विद्युत् प्राधिकरणले अगाडि बढाएको भूमिगत बनाउने कार्यक्रमको शिलान्याशपछि आयोजित सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले विकासको नयाँ अध्याय सुरु भएको बताए । उनले विद्युत्, टेलिफोन र इन्टरनेटका तार भूमिगत भएपछि सहरको सौन्दर्य बढ्ने उल्लेख गर्दै कुरुपताको अन्त्य हुने विश्वास व्यक्त गरे । उनले यसबाट आम जनतालाई पनि सहज हुने र सेवा पनि सरल रुपमा प्राप्त गर्न सकिने स्पष्ट पारे ।

प्रधानमन्त्रीले भने, 'यो योजना सम्पन्न भएपछि गुजुल्टिएको तार हट्छ । अब सहर कुरुप हुँदैन, चिटिक्कको सहर बन्छ । पोलभरि गुजुल्टिएको तार देख्ने दिन अन्त्यका लागि यो काम भइरहेको छ ।' विद्युत्, टेलिफोनलगायत तार भूमिगत गर्ने काम काठमाडौंको महाराजगञ्जबाट सुरु भए पनि यसलाई देशका प्रमुख सहरमा विस्तार गरिने प्रधानमन्त्रीको भनाइ थियो । सरकारले विकास निर्माणको कामलाई प्रभावकारी रुपमा अगाडि बढाएको जानकारी दिँदै उहाँले केही मान्छेलाई भने पीर परेको बताए ।

प्रकाशित : फाल्गुन ५, २०७६ १२:३३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?