कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

महराविरुद्धको मुद्दाको फैसला आज

कान्तिपुर संवाददाता

काठमाडौँ — जिल्ला अदालत काठमाडौंले पूर्वसभामुख कृष्णबहादुर महराविरुद्धको बलात्कारसम्बन्धी मुद्दाको फैसला आज सुनाउने भएको छ । न्यायाधीश अम्बरराज पौडेलको इजलासमा आइतबार मुद्दाको सुनुवाइ सकिएकामा आज फैसला सुनाइने भएको हो ।

महराविरुद्धको मुद्दाको फैसला आज

महराको पक्षबाट रमण श्रेष्ठ, शेरबहादुर केसी, लभ मैनाली, दीनमणि पोखरेल, भीमार्जुन आचार्यलगायतले बहस गरेका थिए । सरकारी पक्षबाट उमाकान्त खनाललगायत वकिलहरूले जवाफ दिएका थिए । त्यसपछि न्यायाधीश पौडेलले फैसला टाइपिङमा ढिलाइ भएकाले सोमबार फैसला सुनाउने भन्दै साँझ साढे ५ बजे अदालतबाट बाहिरिएका थिए ।


संघीय संसद् सचिवालयमा कार्यरत कर्मचारी रोशनी शाहीमाथि बलात्कारको प्रयास गरेको आरोपमा महराविरुद्ध जिल्ला अदालत काठमाडौंमा मुद्दा दर्ता गरिएको हो ।

प्रकाशित : फाल्गुन ५, २०७६ ०८:०४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?