कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

बेलायती सेनाध्यक्ष नेपालको भ्रमणमा

कान्तिपुर संवाददाता

काठमाडौँ — बेलायतको सेनाध्यक्ष चिफ अफ जनरल स्टाफ मार्क कार्लटोन स्मिथ शनिबार नेपालको एक साता लामाे औपचारिक भ्रमणको क्रममा काठमाडौं आइपुगेका छन् । उनलाई त्रिभुवन विमानस्थलमा बलाधिकृत रथी शरद कुमार गिरीले स्वागत गरे ।

बेलायती सेनाध्यक्ष नेपालको भ्रमणमा

सात दिने भ्रमणको क्रममा स्मिथले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानसेेेेेेेनापति महारथी पूर्णचन्द्र थापासँग भेट्ने कार्यक्रम रहेको छ । भ्रमणको दौरान उनी पोखरा र पाँचखालका सेनाका तालिम केन्द्रमा जानेछन् ।


प्रकाशित : फाल्गुन ३, २०७६ २०:४०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?