प्रधानमन्त्री ओलीले आज संसद्‌मा २ वर्षका उपलब्धि जानकारी गराउने

कान्तिपुर संवाददाता

काठमाडौँ — प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार बस्ने प्रतिनिधि सभाको बैठकलाई विशेष सम्बोधन गर्ने भएका छन् । शुक्रबार दिउँसो २ बजेदेखि सुरु हुने प्रतिनिधि सभाको बैठकमा प्रधानमन्त्री ओलीले सुरुमै सम्बोधन गर्ने संघीय संसद्का महासचिव मनोहरप्रसाद भट्टराईले जानकारी दिए।

ZenTravel

संसद्को कार्यसूचीमा प्रधानमन्त्री ओलीले सार्वजनिक महत्वको विषयमा वक्तव्य दिने बताइए पनि उनले आफ्नो कार्यकालको २ वर्षमा भएका उपलब्धिबारे संसदलाई जानकारी गराउने बताइएको छ।

फागुन ३ गते प्रधानमन्त्री ओलीको नेतृत्वमा नेकपाको सरकार बनेको २ वर्ष पूरा हुँदैछ। त्यस्तै प्रधानमन्त्री ओलीले राष्ट्रिय सभामा उत्पत्ति भएको ‘संघ, प्रदेश र स्थानीय तह(अन्तरसम्बन्ध व्यवस्थापन) विधेयक, २०७६ माथि विचार गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गर्ने पनि संसद् सचिवालयले जनाएको छ।

शुक्रबारको बैठकमा संसद्को शिक्षा तथा स्वास्थ्य समितिकी सभापति जयपुरी घर्तीले ‘शिक्षासम्बन्धी केही नेपाल ऐन संशोधन गर्ने विधेयकसम्बन्धी समितिको प्रतिवेदन, २०७६’पनि पेस गर्ने कार्यक्रम रहेको छ।

त्यस्तै स्वास्थ्य तथा जनसंख्या एवं कानुन, न्याय तथा संसदीय मामिला मन्त्री भानुभक्त ढकालले ‘कानुन न्याय तथा मानव अधिकार समितिको प्रतिवेदसहितको प्रमाण (दोस्रो संशोधन) विधेयक २०७५’ माथि छलफल गर्न प्रस्ताव प्रस्तुत गर्नेछन्। साथै मन्त्री ढकालले ‘प्रमाण (दोस्रो संशोधन) विधेयक, २०७६ लाई पारित गरियोस्’ भनी संसद्समक्ष प्रस्ताव पेस गर्ने पनि संसद्को कार्यसूचीमा उल्लेख छ।

प्रकाशित : फाल्गुन २, २०७६ ०९:५२
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT

पारस खड्काले गरे ओक्सेम्बर्ग ब्राण्डको आउटलेट उद्धघाटन

कान्तिपुर संवाददाता

काठमाडौँ — भारतीय कपडा कम्पनी सियाराम समुहको ओक्सेम्बर्ग ब्राण्डको आउटलेट काठमाडौंको सिभिल मलमा खुलेको छ । सिभिलमलका साथै ललितपुरको कुमारीपाटी, लाबिम मल तथा विराटनगर गरेर अन्य तीन स्थान फनि यसको स्टोरहर खुल्ने बताइएको छ । 

बिहीबार सिभिलमलको आउटलेटको नेपाली क्रिकेट टोलीका पूर्व कप्तान पारस खड्काले गरेका थिए । सिभिलमलमा रहेको आउटलेटमा ब्राण्डको सबै गुण र फेशन स्टेटमेन्ट झल्किने गरी लुगाहरु प्रदर्शनीमा राखिएको कम्पनीले बताएको छ ।

यहाँ औपचारिक, अनौपचारिक, पार्टी वेयर, विभिन्न प्रकारका एसोरेरिज तथा जिन्स पनि उपलब्ध हुने बताइएको छ ।

ओक्सेम्बर्गले नेपालका विभिन्न शहरहरुमा आफ्नो व्यापार सञ्जाल रहेको हिमालयन भाइब्स समुहसँग सहकार्य गरेर आउटलेट खोलेको हो ।

नयाँ खुलेको आउटलेटका बारेमा बोल्दै सियाराम सिल्क मिल्स लिमिटेडका वरिष्ठ उपाध्यक्ष, ई पी ड्यानियलले भने, ‘हामी आफ्नो ओक्सेम्बर्ग ब्राण्डको आउटलेट काठमाडौंमा खोल्न पाउँदा निकै उत्साहित छौं । स्टाइल, शान र सुविधामा विश्वास राख्ने ग्राहकहरुको सेवा गर्ने मौका पाउँदा हामीलाई गौरव लागेको छ ।’

प्रकाशित : फाल्गुन २, २०७६ ०९:५२
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
×