सहकर्मीले प्रेम प्रस्ताव अस्वीकार गरेपछि प्रहरी जवानले आफैंलाई हाने गोली

राजकुमार कार्की

सिन्धुली — सहकर्मीले प्रेम प्रस्ताव अस्वीकार गरेपछि जिल्ला प्रहरी कार्यालय सिन्धुलीमा कार्यरत प्रहरी जवानले शुक्रबार बिहान आफैंलाई गोली हानेका छन् ।

ZenTravel

सर्लाही वहुअर्वा गाउँपालिका ६ स्थायी घर भइ जिल्ला प्रहरी कार्यलय सिन्धुलीमा काजमा कार्यरत प्रहरी जवान २२ वर्षीय चन्द्रकिशोर रायले ड्यूटीमा रहकी महिला प्रहरीको राइफल खोसेर आफैंलाई गोली हानेका हुन्।

प्रहरी प्रमुख एसपी रन्जु सिग्देलका अनुसार गोली लागि सख्त घाइते भएका प्रहरी रायलाई जिल्ला अस्पतालमा उपचार हुन नसकेपछि एम्बुलेन्सबाट काठमाडौं लगिएको छ। प्रहरी रायले आफ्नै दाहिने कोखामा गोली हानेका छन्।

थप अनुसन्धान भइरहेको एसपी सिग्देलले बताइन्। प्रहरी स्रोतका अनुसार प्रेम प्रस्ताव अस्वीकार हुँदा केहीबेर वादविवाद भइ राइफल खोसेर रायले आत्महत्याको प्रयास गरेका हुन्। आज प्रणय दिवस पनि भएकाले उनले ड्यूटीमा रहेकी ती महिला प्रहरीलाई प्रेम प्रस्ताव गरेका थिए। दुवै प्रहरी अविवाहित हुन्।

प्रकाशित : फाल्गुन २, २०७६ ०९:३२
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्

कर्पोरेट क्रिकेटका उत्कृष्ट खेलाडीले मोटरसाइकल पाउने

कान्तिपुर संवाददाता

काठमाडौँ — कर्पोरेट क्रिकेटमा उत्कृष्ट खेलाडीले पहिलो पटक मोटरसाइकल पाउने भएका छन् । एसएस इभेन्ट्सको आयोजनामा हुने माछापुच्छ्रे बैंक कर्पोरेट सुपर सिक्स क्रिकेट प्रतियोगिताको म्यान अफ द सिरिजलाई यामाहाको मोटरसाइकल दिन लागिएको हो । 

एसएसले फागुन ३ देखि ७ सम्म सुपर सिक्सको छैटौं संस्करण आयोजना गर्दै छ । एसएसले यसअघि गरेको प्रतियोगिता र विगतका कर्पोरेट सुपर सिक्स प्रतियोगितामा उत्कृष्ट खेलाडीलाई अहिलेसम्म मोटरसाइकल दिइएको थिएन । एसएस इभेन्ट्सका प्रमुख कार्यकारीअधिकृत रमन सिवाकोटीले प्रतियोगितालाई नयाँ उचाइमा लैजान खेलाडीका लागि मोटरसाइकल पुरस्कार राखिएको बताए ।

माछापुच्छ्रे बैंकको प्रायोजनमा हुने प्रतियोगितामा २३ टोली छन् । समूह ‘ए’ मा भारतीय दूतावास, मेगा बैंक र सिप्रदी, समूह ‘बी’ नबिल बैंक र सुबिसु, समूह ‘सी’ सिभिल बैंक, प्राइम बैंक र नेपाल लाइफ इन्स्योरेन्स, समूह ‘डी’ मा सनराइज बैंक, सूर्य नेपाल र माछापुच्छ्रे बैंक, समूह ‘ई’ मा एनसेल ए, ग्लोबल आईएमई बैंक, गोर्खाज फाइनान्स, समूह ‘एफ’ मा द काठमाडौं पोस्ट, कामना सेवा विकास बैंक, कुमारी बैंक, समूह ‘जी’ मा सेन्चुरी बैंक, एनआईसी एसिया बैंक र नेपाल राष्ट्र बैंक तथा समूह ‘एच’ मा आईसीएफसी फाइनान्स, एनसेल ‘बी’ र नेपाल टेलिकम छन् ।

लिगकम नकआउटमा हुने स्पर्धाको खेल ५ ओभरको हुनेछ । विजेताले अर्को सिजनको संस्करणमा निःशुल्क प्रवेश पाउनेछ । उपविजेताले ट्रफी र अन्य उपहार पाउने छन् । उत्कृष्ट ब्याट्सम्यान, बलर, फिल्डर, विकेटकिपरसहित सर्वाधिक छक्का प्रहार गर्ने खेलाडीलाई पुरस्कृत गरिनेछ ।

प्रकाशित : फाल्गुन २, २०७६ ०९:२५
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT
×