कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सिन्धुपाल्चोकमा कोरोना भनिएको मौसमी रुघाखोकी: स्वास्थ्य मन्त्रालय 

स्याम्पल लिन प्राविधिकसहितको चिकित्सक टोली गुम्बा गाउँमा 

काठमाडौँ — स्वास्थ्य तथा जनस‍ंख्या मन्त्रालयले सिन्धुपाल्चोकको जुगल गाउँपालिका गुम्बा गाउँमा देखिएको स्वास्थ्य समस्या मौसमी रुघाखोकी भएको जनाएको छ । 

सिन्धुपाल्चोकमा कोरोना भनिएको मौसमी रुघाखोकी: स्वास्थ्य मन्त्रालय 

मन्त्रालयका प्रवक्ता महेन्द्र श्रेष्ठले यहाँ देखिएको समस्या कोरोना नभइ मौसमी रुघाखोकी भएको बताए । उनले कोरोना भनेर गलत सन्देश फैलाइएको पनि बताए । जुगल गाउँपालिकाको गुम्बा गाउँमा सय जनाभन्दा बढीमा उच्च ज्वरो र रुघाखोकीको समस्या देखिएपछि गाउँपालिकाले कोरोनाको आशंका गरी स्वास्थ्य मन्त्रालयलाई विशेषज्ञ पठाइ जाँच गराउन अनुरोध गर्दै चिठी लेखेको थियो ।


स्वास्थ्य मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै श्रेष्ठले भने,'अहिले चिसोमा भाइरलको प्रकोप छ । आजै भोलिमा विशेषज्ञ टोली नमूना परिक्षणका लागि जाने भएका छन् । त्यसपछि थप जानकारी आउँछ ।'

स्वास्थ्य कार्यालय सिन्धुपाल्चोकका प्रमुख दुर्गादत्त चापागाईंका अनुसार प्रादेशिक जनस्वास्थय प्रयोगशालाबाट चिकित्सक र नर्स तथा काठमाडौंको प्रयोगशालाका एकजना प्राविधिकसहितको टोली बिरामीको स्याम्पल परीक्षणका लागि गुम्बागाउँतर्फ गएको छ ।

जुगल गाउँपालिकाका स्वास्थ्य संयोजक अनिल साउदले पनि गुम्बा गाउँको ज्वरो नियन्त्रणमा रहेको र कोही पनि गम्भीर नभएको बताएका छन् । गाउँपालिकाका अध्यक्ष होमनारायण श्रेष्ठले २३ गतेदेखि गाउँले विरामी पर्न थालेपनि २८ गते यो संख्या सय नाघेपछि चिठी लेखेको कान्तिपुरलाई बताएका थिए ।

प्रकाशित : माघ २९, २०७६ १८:४३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?