कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५२

बंगलादेशी सेना प्रमुखसँग रक्षामन्त्रीको भेट

काठमाडौँ — उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल र नेपालको औपचारिक भ्रमणमा रहेका बंगलादेशका सेना प्रमुख जनरल अजिज अहमदबीच आइतबार भेटवार्ता भएको छ ।

बंगलादेशी सेना प्रमुखसँग रक्षामन्त्रीको भेट

रक्षा मन्त्रालयको कार्यकक्ष सिंहदरबारमा भएको भेटमा पोखरेलले जनरल अहमदको टोलीलाई स्वागत गर्दै नेपाल र बंगलादेशबीच अत्यन्त घनिष्ठ र मैत्रीपूर्ण सम्बन्ध रहेको बताएका थिए ।


उनले त्यस अवसरमा सन् १९७२ मा कूटनीतिक सम्बन्ध स्थापना भएयता दुई देशबीचको सम्बन्ध सरकारीस्तरमा मात्र नभएर जनस्तरसम्म विस्तार भएको जनाए ।


रक्षा मन्त्रालयद्वारा जारी विज्ञप्तिअनुसार जनरल अहमदले बंगलादेशको स्वतन्त्रतालाई समर्थन गर्ने नेपाल सातौं राष्ट्र रहेको स्मरण गरेका थिए । आइतबारै अजिजले प्रधान सेनापति पूर्णचन्द्र थापासँग पनि भेटेका छन् ।

प्रकाशित : माघ २६, २०७६ २१:२४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष ०८१/०८२ को मौद्रिक नीतिबारे तपाईंको धारणा के छ ?

×