कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

'कान्तिपुर कनक्लेभ' दोस्रो दिन पनि जारी

काठमाडौँ — शुक्रबारबाट काठमाडौंमा सुरु भएको दोस्रो कान्तिपुर कनक्लेभमा आज पनि विभिन्न सत्रहरुमा छलफल चलिरहेका छन् ।

'कान्तिपुर कनक्लेभ' दोस्रो दिन पनि जारी

कनक्लेभमा संसारभर छरिएका नेपालीलाई कसरी जोड्नेदेखि कला र साहित्यले मानिसहरुलाई कसरी जोड्छ भन्नेलगायतका विषयमा छलफल भएका छन् । यस्तै, जलवायु परिवर्तन र डिजिटल दुनियाँको भविष्यका बारे छलफल भए ।

छलफलहरुमा भारतीय लेखकहरु नमिता गोखले, प्रज्‍ज्‍वल पराजुली तथा सिक्किमका पुस्तक प्रकाशक रमण श्रेष्ठलगायत सहभागी थिए । भुषिता वशिष्ठ, मिस नेपाल अनुश्का श्रेष्ठ पनि छलफलमा सहभागी थिए ।

यस्तै राइड सेयरिङ एप पठाओका सीईओ हुसेन एम इलियसले विद्वत् प्रवचन दिएका थिए । इलियसले धेरैका लागि पठाओ राइडसेयरिङ एप मात्रै भए पनि आफ्ना लागि भने व्यवसायीका लागि प्लेटफर्म भएको बताए । नेपालले आफूलाई व्यक्तिगत र व्यावसायिक विकासका लागि नेपालले सहयोग गरेको उनले बताए । उनले नेपालको समृद्धिका लागि यहाँकाे युवा पुस्ता तयार रहेकाे पनि बताए । १० वर्षमा धेरै परिवर्तन भएको उल्लेख गर्दै इलियसले आगामी १० वर्षमा नेपालले सूचना प्रविधिको क्षेत्रमा व्यापक क्रान्ति गर्ने विश्‍वास व्‍यक्त गरे ।

कनक्लेभमा आजै 'नेपालमा मिटु अभियान किन अघि बढेन' भन्ने विषयमा नेतृ मानुषी यमि भट्टराई, नाट्यकर्मी आकांक्षा कार्की तथा अधिवक्ता दुर्गा कार्कीले छलफल गर्दैछन् । राजनीतिक र स्वतन्त्रताको सवालमा नेपाल अघि बढिरहेको छ कि पछि जान लागेको छ भन्ने विषयमा परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, कांग्रेस नेता गगन थापा तथा मानवअधिकार आयोगकी सदस्य मोहना अन्सारीबीच छलफल हुनेछ ।

'बदलिँदो भू-राजनीतिमा नेपाल' शीर्षकमा समाजशास्त्री चैतन्य मिश्र, भारतीय प्राध्यापक महेन्द्र पी लामा र पूर्वराजदूत महेश मास्केबीच छलफल हुनेछ ।

साँझको अन्तिम सत्रमा भने कान्तिपुरका प्रधानसम्पादक सुधीर शर्माले नेकपा अध्यक्ष पुष्पकमल दाहालसँग परिसंवाद गर्नेछन् ।

कनक्लेभको इकान्तिपुरले फेसबुक र युट्युबमार्फत् प्रत्यक्ष प्रसारण गरिरहेको छ ।

प्रकाशित : माघ २५, २०७६ १३:४५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?